अमेरिकाका थारु-मधेसीले संविधान जलाए, प्रधामन्त्रीलाई कालो झन्डा देखाउने

america protest 08

अमेकारिकास्थित नेपालीहरुले जनविरोध संविधान बनाएको भन्दै विरोध प्रदर्शन गरेका छन्। अमेरिकाको न्युयोर्कस्थित ‘जनविरोधी संविधान बहिस्कार गरौं’ नारासहित त्यहाँका जनजाति, मधेसी र थारुहरुले विरोध प्रदर्शन गरेका हुन्।

america protest 04

विरोध कार्यक्रममा न्युयोर्कस्थित फेडरेशन अफ इन्डिजेनियस पिपल्स अफ नेपाल, एसोसियसन अफ नेप्लिज तराई इन अमेरिका, युनाइटेड मधेसी-थारु सोसाइटी इन अमेरिका, फेडेरल सोस्लिस्ट फोरम इन नेपाल, फेडेरल लिम्बुवान सोसाइटी अमेरिका नामक संस्थाहरुले संयुक्तरुपमा कालो झन्डासहित विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले जारी गरिएको नेपालको संविधान २०७२ जलाएरसमेत विरोध गरे।

america protest 07

त्यहाँस्थित थारु मधेसी जनजातिहरुले प्रधानमन्त्री सुशील कोइरालालाई कालो झन्डा देखाएर विरोध गर्ने कार्यक्रम तय गरेका छन्। प्रधानमन्त्री कोइरालाल संयुक्त राष्ट्रसंघको कार्यक्रममा सरिक हुने बेला कालो झन्डा देखाउने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री कोइराला असोज ६ गते संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन अमेरिका जाँदैछन्।

america protest 02

america protest 03

america protest 01

america protest 06

america protest 05

Leave a Reply

Your email address will not be published.