बोनस बाँड्ने आयल निगमका कार्यकारी निर्देशकसहित चारजना पक्राउ

Nepal aayal Nigamकाठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत बोनस वितरण गरेको अभियोगमा आयल निगमका निमित्त कार्यकारी निर्देशकसहित चार जनालाई आज पक्राउ गरेको छ। आयोगले निगमको सञ्चित नोक्सानी पूर्ति नभएसम्म बोनस वितरण नगर्न आयोगले दिएको निर्देशन विपरीत कार्य गरेको आरोपमा निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रबन्धकद्वय  कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेलाई आयोगले आज हिरासतमा लिएको हो।
आयोगको निर्देशनअनुरूप निगम सञ्चालक समितिको २०६७ साल भदौ ५ गतेको बैठकबाट नेपाल आयल निगमको कुल सञ्चित नोक्सानीको पूर्ति गरी सञ्चित नाफाको अवस्थामा नपुगेसम्म बोनस वितरणको कार्य रोक्का गर्ने निर्णय विपरीत २०६९ साल पुस ७ गते  निमित्त कार्यकारी निर्देशकसमेतको निर्णयबाट २०६५ सालको नाफा भन्दै बोनस वितरण गरेको हुँदा अनुसन्धानको क्रममा उनीहरूलाई हिरासतमा लिइएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए।
इन्जिनियरसहित ५ जनाविरुद्ध मुद्दा दायर
नक्कली उपभोक्ता समिति गठन गरी सडक निर्माणको लागि विनियोजित ४० लाख रुपैया भ्रष्टाचार गरेको अभियोगमा जिल्ला विकास समिति महोत्तरीका इन्जिनियर विनोद कुमार ठाकुरसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर ठाकुरसहित नायब सुब्बा निलाम्बर मिश्र, सहसौला गाउँ विकास समितिका सचिव गोपाल पाठक, उपभोक्ता समितिका अध्यक्ष गणेशराज पाण्डे, कोषाध्यक्ष विमलेश कुमार सिंह विरुद्द मुद्दा दायर गरिएको छ।
स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम अन्तर्गत सडक निर्माणको रकम भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ। निमित्त स्थानीय विकास अधिकारीको रुपमा कार्यरत रहँदा इन्जिनियर ठाकुरले भ्रष्टाचार गरेको अभियोग छ। नायब सुब्बा मिश्रले गोप्य पत्र तयार गरी काल्पनिक चलानी नम्बर राखी भ्रष्टाचारमा संलग्न भएको जनाइएको छ।
स्थानीय विकास मन्त्रालयबाट जारी गरिएको स्थानीय निकाय सञ्चालनसम्बन्धी निर्देशिका विपरित नक्कली उपभोक्ता समिति गठन गरी सरकारी सम्पत्ति हानीनोक्सानी पुर्यााएको अख्तियारले दावी गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को अनुसार सजायको माग दावी गर्दै अभियोगपत्र दायर गरिएको छ।
वन अधिकृतसहित १० विरुद्ध मुद्दा दायर
त्यस्तै सामुदायिक वनमा हरियो सालका रुख कटानमा अनियमितता भएको अभियोगमा नवलपरासीका जिल्ला वन अधिकृत हरिनारायण मण्डलसहित ११ जना विरुद्द पनि मुद्दा दायर गरिएको छ। बर्दघाट इलाका वन कार्यालयका प्रमुख श्यामकुमार चौधरी, सुनवल–५ स्थित अमरौट रेन्जपोष्टका सहायक वन अधिकृत डिल्लीराम चापागाईं, वनरक्षक त्रय सुरेन्द्रप्रसाद बानिया, महेन्द्रप्रसाद राजभर र हरिप्रसाद बानियाले ३६ लाख ५४ हजार तीन सय सैंतिस रुपैंया बराबरको हानीनोक्सानी पुर्यानएको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारले प्रस्तावित मधुवन सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष पदमबहादुर गुरुङ, उपाध्यक्ष बेगमबहादुर बुढाथोकी, सचिव राकेश चौधरी, सह सचिव मोहन भन्ने तुकबहादुर थापा मगर र कोषाध्यक्ष शेरबहादुर मगरले पनि बन फँडानीमा गरि सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। उनीहरुलाई ३६ लाख ५४ हजार ३ सय ३७ रुपैंया बराबरको सार्वजनिक सम्पत्ति हानीनोक्सानी पुर्याुएको अख्तियारको दाबी छ।

Leave a Reply

Your email address will not be published.