पत्रकार चौधरीको नाम राप्रपा प्रत्यक्षमा सिफारिस

गौशाला- राष्ट्रिय प्रजातन्त्र पार्टीले महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रत्यक्ष उम्मेदवारीका लागि पत्रकार वैद्यनाथ चौधरीको नाम सिफारिस गरेको छ। राप्रपा पार्टीको जिल्ला कार्यसमितिले पत्रकार चौधरीसँगै महोत्तरीको छवटै क्षेत्रमा प्रत्यक्ष र समानुपातिक लागि आफ्ना दलका उम्मेदवारका नाम सिफारिस गरी पठाएको पार्टीका जिल्ला अध्यक्ष राजेश्वर रायले बताए।
सो पार्टीले जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ लक्ष्मण यादव र उज्वलविक्रम थापाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ हरिहरकुमार ठाकुर र लक्ष्मी थापाको नाम सिफारिस गरेको छ। क्षेत्र नं २ बाट पार्टीले प्रत्यक्षतर्फ रमेशकुमार यादव र मुरली महतो तथा समानुपातिकतर्फ आनन्द ठाकुर र गङ्गा यादवको नाम सिफारिस गरेको छ।
त्यस्तै क्षेत्र नं ३ बाट प्रत्यक्षमा पत्रकार वैद्यनाथ चौधरी र समानुपातिकमा मुनेश्वर राय, असगर अन्सारी र तौलेश्वर श्रेष्ठको नाम सिफारिस गरिएको छ। क्षेत्र नं ४ बाट प्रत्यक्षमा राजेश्वर राय, रामदरश यादव र मनोजसिंह गुड्डुको नाम सिफारिस भएको छ भने समानुपातिकमा श्रीचन महासेठ, लक्ष्मीनारायण यादव, रामएकवाल यादव, सुखचन्द्र सिंह र वीरेन्द्र पासवानको नाम सिफारिसमा परेका छन्।
क्षेत्र नं ५ मा प्रत्यक्ष वा समानुपातिक केही नतोकी सोझै गणेशप्रसाद यादव, चन्द्रदेव मण्डल, शिवशङ्कर यादव, कलामुद्दिन मोमिन, रामप्रताप यादवलगायत १३ जनाको नाम सिफारिस गरी पठाइएको छ। क्षेत्र नं ६ मा सो पार्टीले प्रत्यक्षमा भरत गिरी र समानुपातिकमा सरस्वती चौधरीको एकल नाम सिफारिस गरी पठाएको छ। रासस

Leave a Reply

Your email address will not be published.