पीडा बिर्सेर आय आर्जनतर्फ

victims womanनविन चौधरी, दाङ- डुरुवा–५ पहरुवाकी रतिकलामति चौधरीलाई २७ वेर्षको उमेरदेखि नै श्रीमानको फोटो र छोराछोरीको मुख हेरेर दिन बिताउनु परेको छ। उनकी श्रीमान सोमराज चौधरी घरमा गूरै (पूजा) गर्दागर्दै २०६९ सालमा बेपत्ता भए। उनलाई अझै पनि श्रीमानलाई अपरहण गर्दाको दिन सम्झँदा उदेक लाग्छ। विभिन्न संघ, संस्थामार्फत् उनले श्रीमानको खोजी गरिन्। प्रशासन कार्यालय धाइन्। कसैको केही नलागेपछि आफैं खोज्न हिँडिन्। तर अपसोच उनले श्रमान भेटाउन सकिनन्।
‘मनभित्र धेरै पीडा छ,’ उनी भन्छिन्, ‘ती सबै पीडा लुकाएर बसेकी छु।’ उनले सरकारले तीन लाख राहत दिएको प्रसंग खोतल्दै भनिन्, ‘प्रशासनसँग हारगुहार गरेपछि तीन लाख राहत पाएँ, तर सरकारले मेरो श्रीमान दिनु भएन।’ श्रीमानको पीडा भुल्न हातेमालो कार्यक्रमले धेरै सघाएको उनले बताइन्। ‘मजस्ता पीडित धेरै महिला छन्,’ उनले भनिन्, ‘हातेमालो कार्यक्रममार्फत् पाएको बाख्राबाट जीविकोपार्जन सुरु गरेका छौं।’ उनले तरकारी खेती गरेर महिनाको थप १० हजारसम्म आम्दानी गर्छिन्।
सोमली चौधरीलाई पनि श्रीमान बपत्ता भएको हिजोजस्तो लाग्छ। श्रीमानको वियोगमा उनी पनि गुजारा चलाइरहेकी छन्। कलिलै उमेरमा उनी श्रीमानबाट छुटिनुपर्योा। उनको श्रीमान पनि गुरै गर्दागर्दै बेपत्ता भए। श्रीमान बेपत्ता भएदेखि छोराछोरी हुर्काउन गाह्रो भएको उनी बताउँछिन्। यस्तो अवस्थामा समाजले पनि अपहेलना गर्ने गरेको उनले बताइन्।
‘उहाँ बेपत्ता भएदेखि खोजीकार्य जारी राखेकी छु,’ आँखा राता भएकी उनले भनिन्, ‘कतै नभेटिँदा धेरै पीडा हुन्छ।’ ‘सरकारले राहातको नाममा ३ लाख रुपैयाँ दियो तर पैसासँग श्रीमानलाई कहाँ दाँज्न सिकन्छ र!’ उनी थप्छिन्। उनले सरकारसँग कि सास कि लास भनेर माग गरेपनि प्रशासन अटेर गरेको उनले बताइन्।
सोमली पनि पीडा बिर्सिँदै रतिकलामतिजस्तै नयाँ जीवन जीउन खोज्दैछन्। उनले आफ्नै घरमा व्यावसाय सुरु गरेकी छन्। ‘हातेमालो कार्यक्रम नभएको भए सादय हाम्रो जीवन उकस्ने थिएन,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले पीडा भुलाउने काम गरेको छ।’
हातेमालो कार्यक्रमबाट बाख्रा र सुङ्गुर पालेर जीवन धान्ने गरेको उनले बताइन्। छोरा बेपत्ता भएका कृष्ण चौधरी पनि पीडा भुलेर आयआर्जनतर्फ आकर्षित भएका छन्। नारायणपुर-५, सौडिकुला की ५५ वर्षीया पीमा बोहोराले आजकल पहिलेजस्तो एक्लो महसुस नहुने गरेको बताइन्। ‘पहिले पहिलो एक्लो महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘तर अहिले सबै पीडित महिलालाई एकै ठाउँमा भेट्दा र मनको पीर पोख्नउ पाउँदा मन हलुगो हुन्छ।’

यसरी राज्य पक्ष र विद्रोही पक्षबाट बेपत्ता बनाइएका व्यक्तिका परिवारको सामाजकि, आर्थिक, शैक्षिक क्षेत्रमा टेवा पुर्‍याउन आइसीआरसी र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा अहिले दाङका २२ वटा गाविसमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।

Leave a Reply

Your email address will not be published.