झापाका थप दुई ठाउँमा बर्डफ्लु

भद्रपुर- झापाको थप दुई ठाउँका कुखुरामा बर्डफलु रोगको सङ्क्रमण पुष्टि भएको छ। यो समेत गरी एक सातामा झापाका विभिन्न छ ठाउँका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो। भद्रपुर नगरपालिका–१० मोहम्मद राजाको घरमा पालिएका स्थानीय जातका कुखुरा र पृथ्वीनगर–५ बस्ने गङ्गा तामाङको घरमा पालिएका स्थानीय जातका कुखरामा बर्डफ्ल् पुष्टि भएको जिल्ला पशुसेवा कार्यालय झापाले जनाएको छ।
काठमाडौँस्थित पशुरोग अन्वेषण प्रयोगशालाले मङ्गलबार जानकारी गराएपछि भद्रपुर नगरपालिका ८१ वटा कुखुरा, पृथ्वीनगर–५मा ९० वटा स्थानीय जातका, ६२ वटा बोइलर कुखुरा र दुई क्विन्टल दाना नष्ट गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा जगदीश पाण्डेले जानकारी दिनुभयो।
यसअघि, झापाको बाहुनडाँगी, मेचीनगरपालिका, चन्द्रगढी, कुमरखोद गाविसका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो। रासस

Leave a Reply

Your email address will not be published.