अलिको अर्को हेयाट्रिक, भुटानविरुद्ध माल्दिभ्सको ८ गोल

aliकाठमाडौं-  कप्तान अलि अस्फकको ह्याट्रिकले माल्दिभ्स समूह चरणको खेलमा भुटानलाई ८-२ गोल अन्तरले पाखा लगाएको छ। यसअघि माल्दिभ्सले श्रीलंकालाई १०-० गोलले पराजित गरेको थियो। बुधबारको खेलमा भुटानविरुद्ध अस्फक एक्लैले ४ गोल गरे। उनैले श्रीलंकाविरुद्ध दोहोरो ह्याट्रिक गरेका थिए। यो जितसँगै माल्दिभ्स सेमिफाइनल प्रवेश गरेको छ। १६औं मिनेटमा अलि फासिरको गोलमा अग्रता लिएको माल्दिभ्ससँग बराबरी हुन भुटानको लागि २५ औं मिनेटमा कप्तान पासाङले गोल गरे। पहिलो हाफकै ३५औं चेन्जोले गोल गरे ।

भुटानको यो अग्रता धेरै बेर टिकेन। भुटानी गोलकिपरले डी एरिया बाहिर आएर माल्दिभ्सका कप्तान तथा साफ ईतिहासमै सर्वाधिक गोलकर्ता अलि अस्फकलाई लडाएपछि रातो कार्ड पाए। मैदान प्रवेश गरेको अर्का गोलकिपर मोनबहादुर भट्टराईलाई छलाउँदै माल्दिभ्सले गोल गर्न सुरु गर्‍यो। त्यही  फ्रिकिकमा माल्दिभ्सका लागि मोहम्मद उमेरले गोल गरेर टोलीलाई  बराबरीको अवस्थामा ल्याइपुर्‍याए।

दोस्रो हाफको सुरुवातमै अलि अस्फकले गोल गर्न सुरु गरे। उनले ४८, ५०, ७५ र ७९ औं मिनेटमा गोल गर्दै ४ गोल बनाए। माल्दिभ्सका लाग अलि फासिरले पुन ६८ औं मिनेटमा गोल गरे। अलिले जारी साफ च्याम्पियनसिपमा सर्वाधिक १० गोल गरिसकेका छन्।

यसअघि हल्चोकमा भएको खेलमा अफगानिस्तानले श्रीलंकाविरुद्ध ३-१ गोलले विजयी भयो।

भोलि चिरप्रतिद्न्दी नेपाल र भारत भिड्दैछ। स्थानीय समय ३:३० मा नेपाल र भारतबीचको खेल दशरथ र‌शालामा हुनेछ। सेमिफाइनल प्रवेशका लागि नेपालले भारतसँग कम्तिमा बराबरी खेल्न जरुरी छ।
माल्दिभ्स र भुटानको हाइलाइट हेर्नुस्:

Leave a Reply

Your email address will not be published.