सुनिता विश्वासलाई पार्टीबाट निकालियो

काठमाडौं- मधेसी जनअधिकार फोरम नेपालले केन्द्रीय सदस्य सुनिता विश्वास र साधारण सदस्य मन्तराम विश्वास पार्टी विरोधी गतिविधिमा संलग्न रहेको ठहर गर्दै उहाँहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। यही चैत २६ र २७ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published.