भद्रपुर- झापाको थप दुई ठाउँका कुखुरामा बर्डफलु रोगको सङ्क्रमण पुष्टि भएको छ। यो समेत गरी एक सातामा झापाका विभिन्न छ ठाउँका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो। भद्रपुर नगरपालिका–१० मोहम्मद राजाको घरमा पालिएका स्थानीय जातका कुखुरा र पृथ्वीनगर–५ बस्ने गङ्गा तामाङको घरमा पालिएका स्थानीय जातका कुखरामा बर्डफ्ल् पुष्टि भएको जिल्ला पशुसेवा कार्यालय झापाले जनाएको छ।
काठमाडौँस्थित पशुरोग अन्वेषण प्रयोगशालाले मङ्गलबार जानकारी गराएपछि भद्रपुर नगरपालिका ८१ वटा कुखुरा, पृथ्वीनगर–५मा ९० वटा स्थानीय जातका, ६२ वटा बोइलर कुखुरा र दुई क्विन्टल दाना नष्ट गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा जगदीश पाण्डेले जानकारी दिनुभयो।
यसअघि, झापाको बाहुनडाँगी, मेचीनगरपालिका, चन्द्रगढी, कुमरखोद गाविसका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर