अनीज दाङको अध्यक्षमा देविका

दाङ- नेपाल आदिवासी जनजाति पत्रकार सँघ (अनीज) दाङको छैठौं अधिबेशन ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ। अनीज दाङको दाङको घोराहीमा सम्पन्न भएको छैठौं जिल्ला अधिवेशनले देविका जिएमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 
जसको उपाध्यक्षमा प्रकाश चौधरी, सचिवमा शिव घर्तीमगर, कोषाध्यक्षमा राजकुमार चौधरी, सहसचिवमा सुनिता चौधरी र सदस्यहरुमा पुनम घर्तीमगर, चुर्ण चौधरी, सरोज चौधरी र सीतल चौधरी रहेका छन्।
त्यस्तै अधिवेशनले आगामी जेठमा हुन गैरहेको अनीजको केन्द्रीय अधिवेशनका लागि माधव चौधरी र रिता लामालाई केन्द्रीय पार्षद्‍मा चयन गरेको छ। अनीज दाङका अध्यक्ष जेएन सागरको अध्यक्षता, नेपाल पत्रकार महासँघ दाङका अध्यक्ष केएल पिडितको प्रमुख आतिथ्य तथा अनिज दाङका निबर्तमान अध्यक्ष उदय जिएमको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पीडितले आदिवासी जनजाति पत्रकारलाई सँगठित गर्दै समग्र पत्रकारको पेसागत हकहितको पक्षमा अनिजले क्रियाशिलता देखाउनुपर्ने बताए।
संघका उपाध्यक्ष पुरनपुकार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सल्लाहकार तथा पूर्व केन्द्रीय उपाध्यक्ष उदय जिएम, अनिज दाङका पूर्व अध्यक्ष तथा सल्लाहकार सविन प्रियासन, सल्लाहकार रोशनमान श्रेष्ठलगायतले बोलेका थिए। कार्यक्रमको सहजिकरण सचिव प्रकाश चौधरीले गरेका थिए।
अनीजको बैठकद्धारा सल्लाहकार चयन
यसैबीच नवनिर्वाचित नेपाल आदिवासी जनजाति पत्रकार सँघ (अनीज) दाङको पहिलो बैठक घोराहीमा सम्पन्न भएको छ। आजको पहिलो बैठकले ९ जना सल्लाहकार चयन गरेको छ। बैठकले सविन प्रियासन, उदय जिएम, टीकाराम उदासी, रोशनमान श्रेष्ठ, केवी चौधरी, छविलाला कोपिला, एचबी थापा, जेएन सागर र कृष्णराज सर्वहारीलाई सल्लाहकारमा चयन गरेको हो। यसैगरी बैठकले आगामी वैशाखको अन्तिम साता आदिवासी जनजाति सबालमा सरोकारवालासँग अन्तरर्क्रिया कार्यक्रम गर्ने तथा संगठनको सदस्यता नवीकरण एवँ नयाँ सदस्यता वितरणका लागि घोराही क्षेत्रमा सुनिता चौधरी, पुनम घर्तीमगर र चुर्ण चौधरी, तुलसिपुर क्षेत्रमा शीतल चौधरी र लमहि क्षेत्रका लागी सरोज चौधरीलाई जिम्मा दिएको छ।

Leave a Reply

Your email address will not be published.