साउदीमा नेपाली कामदारको मृत्यु

map_of_saudi-arabiaउदयपुर- यहाँका एक युवाको साउदी अरवमा कामको सिलसिलामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा एकवर्षअघि साउदी पुगेका त्रियुगा नगरपालिका २ मा स्थायी बासोबास गर्दै आएका सियाराम चौधरीको बिहीबार राति मृत्यु भएको आफन्तजनले जनाएका छन्। राजधानीको कुपण्डोलस्थित अरनीको म्यानपावर कम्पनीमार्फत् साउदी पुगेका ४० वर्षीय चौधरीको सुतेकै ठाउँमा हृदयघातका कारण मृत्यु भएको प्रारम्भिक खबर आएको नातामा साला पनेृ विष्णु श्रेष्ठले बताए। साउदीअरवको रियादस्थित एक कम्पनीमा कार्यरत उनी बिहान उठ्दा अन्तिम श्वास फेरिरहेको साथीहरुले भेटाए पनि उनको मृत्यु भइसकेको बताइएको छ।
सुनसरीको पकली स्थायी घर भएका उनी विगत १५ वर्षयता गाईघाटमै विवाह गरेर बसोबास गर्दै आएका थिए। १६ वर्षीय एक छोरा र १४ वर्षीया एक छोरीका पिता उनको मृत्युको खबरले बेहोस भएकी श्रीमती दूर्गाको स्थानीय त्रियुगा अस्पताल गाईघाटमा उपचार भइरहेको छ।
केही वर्षअघिसम्म हिमाली यातायात व्यवसायी संघमा कार्यरत चौधरी फुटबलका सौखिन खेलाडी थिए। केही वर्षयता जागिर र खेलकुद क्षेत्र छाडेर वैदेशिक रोजगारीमा उनी साउदी गएको आफन्त श्रेष्ठले बताए। उनको शव स्थानीय रियाद अस्पतालमा पोष्टमार्टमका लागि राखिएको र नेपाल भित्र्याउन साउदीस्थित नेपाली दूतावासमा प्रक्रिया अघि बढाइएको पनि श्रेष्ठले बताए।
– महेश्वर चामलिङ राई

Leave a Reply

Your email address will not be published.