सरकारद्वारा ४ खर्ब ४ अर्ब ८२ करोडको बजेट प्रस्तु

काठमाडौं- सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको पूर्ण आकारको समायोजित बजेट सार्वजनिक गरेको छ। सरकारले यसअघि आएका दुई अध्यादेशहरुलाई समायोजन गरि बजेट सार्वजनिक गरेको हो। सरकारले सिफारिस गरेका बजेट सम्वन्धी तनि अध्यादेश राष्ट्रपतिले स्वीकृत गरेपछि अर्थमन्त्री शंकर कोइरालाले मंगलबार राष्ट्रिय योजना आयोगको हलमा पत्रकार सम्मेलन गरी बजेट प्रस्तुत गरे।
सरकारले चालु खर्चको लागि २ खर्ब ७९ अर्ब १ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ भने पूँजीगत खर्चको लागि ६६ अर्ब १३ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ।
सरकारले आसन्न संविधानसभा निर्वाचनका लागि १४ अर्ब रुपैयाँ बिनियोजना गरेको छ। निर्वाचन आयोगका लागि ६ अर्ब र चुनावको सुरक्षाको लागि ८ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री कोइरालाले जानकारी दिनुभयो। निर्वाचन आयोगले भने ७ अर्ब बजेट माग गरेको थियो। सरकारले अझै चुनावको मिति भने घोषणा गरेको छैन। सरकार गठनका क्रममा चार दलबीच असार ७ गतेभित्र चुनाव गर्ने सहमति भएपनि मंसिरमा मात्र गराउने सरकारको तयारी छ।
सरकारले प्राथमिकता प्राप्त परियोजनाहरुको कामलाई निरन्तरता दिन बजेटमा प्रयाप्त बजेटको व्यवस्था गरेको जनाएको छ। चुनाव गराउनको लागि गठन भएको भएपनि सरकारले आर्थिक मुद्धाहरुलाई पनि अगाडि बढाउने प्रतिवद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published.