कैलाली आदिवासी महासंघमा तेज तारामी

कैलाली- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कैलालीको तेस्रो अधिवेशन शनिबार मध्यरातमा सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा तेज तारामीमगर, उपाध्यक्षमा जीवन राना र सचिवमा सन्तोष कठरिया सहितका सम्पूर्ण पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन्। कार्यसमितिको सहसचिवमा अमृत राई, कोषाध्यक्षमा केवश थिङतामाङ र सदस्यहरुमा चिरञ्जिवि श्रेष्ठ, कामी शेर्पा, मिनबहादुर राजी र सुर्यमान गुरुङ चयन भएका छन्।
पन्ध्र जना सम्मानित
महासंघले जिल्ला अधिवेशन उद्‍घाटन कार्यक्रममा १५ जना व्यक्तिलाई सम्मान गरेको छ। महासंघले स्वतन्त्र पत्रकारिता गरेको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) का केन्द्रीय उपाध्यक्ष गणेश चौधरी, थरुहट आन्दोलनका लागि सञ्चार वकालत गरेको भन्दै फूलवारी एफएमका सञ्चालक रेशम चौधरी, निस्पक्ष पत्रकारिता गरेको भन्दै श्रमसृजना दैनिकका नहकुल जिसीलाई सम्मान गरेको हो।
त्यस्तै, थारू समुदायको पौराणिक खेललगायतका क्षेत्रमा समाज सेवा गरेको भन्दै बसन्त केसी, खेलाडीहरु गंगा चौधरी र एलिना चौधरी, गायकहरु रामकुमार कठरिया र जीवन थापामगर, साहित्य लेखनमा दिलबहादुर चौधरी सम्मानित भएका छन्। ४० वर्षदेखि शिक्षण पेसामा आबद्ध सुदूरपश्चिमाञ्चल क्याम्पस प्रमुख शिवराज श्रेष्ठ, मगर समुदायबाट देवबहादुर सिजालीमगर, महासंघलाई विभिन्न समयमा सहयोग गर्दै आएका नमस्ते अफसेट प्रेसका सञ्चालक भागीराम चौधरीलाई पनि सम्मान गरिएको छ।

महासंघले उत्कृष्ट काम गर्ने दरख गाविस समन्वय परिषदका अध्यक्ष भरत चौधरी, रामशिखरझाला गाविस समन्वय परिषद्का अध्यक्ष देवराज चौधरी र दुर्गौली गाविस समन्वय परिषद्का अध्यक्ष दिनेश चौधरी पनि सम्मान गरेको छ। सम्मानित व्यक्तिलाई महासंघले सम्मान पत्रसहित झोला दिएको थियो। थारू कल्याणकारिणी सभाका उपसभापति लाहुराम चौधरीको संयोजकत्वमा गठित समितिले सम्मानित हुने व्यक्ति छनौट गरेको थियो।
उद्‍घाट सत्रका वक्ताले आदिवासीका मुद्दा समेट्नेलाई मात्रै आउँदो संविधान सभाको निर्वाचनमा भोट दिनुपर्ने बताएका थिए। थारुवान/थरुहटको आन्दोलनको मूल मर्मलाई आत्मसात गरी काम गर्ने पार्टी र उम्मेद्वारलाई मात्रै मत दिन उनीहरुले आदिवासी जनजातिलाई आह्‍वान गरेका थिए।

महासंघका जिल्ला अध्यक्ष लक्ष्मण तुलाचन तरुणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिमाञ्चल क्याम्पस प्रमुख शिवराज श्रेष्ठ, महासंघका उपाध्यक्ष भानुराम चौधरी, पूर्व सभासद् विरमान चौधरी, थारु कल्याणकारिणी सभाका सभापति प्रभातकुमार चौधरी, नेपाल मगर संघ कैलालीका अध्यक्ष टेक नामजालीमगर, तामाङ घेदुङ कैलालीका अध्यक्ष विरबहादुर तामाङ, नेपाल शेर्पा समाजका अध्यक्ष टेण्डी शेर्पा, नेपाल रानाथारु समाजका अध्यक्ष नवराज राना, नेकपा एकीकृतका जिल्ला अध्यक्ष हुकुम साउँद, थारू महिला सभाकी अध्यक्ष दुर्गा कुश्मी, आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष ठाकुरप्रसाद करियाप्रधानलगायतले मन्तव्य व्यक्त गरेका थिए।Kailali-2 Kailali-3 Kailali-4Kailali-1

Leave a Reply

Your email address will not be published.