मोरङमा टिकटको होडबाजी (नामसहित)

मोरङ- चुनाव तिथि घोषणा भइनसके पनि मोरङमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्ने आकांक्षीबीच टिकटको होडबाजी चल्न थालेको छ। दावेदारले आ–आफ्नो पक्षमा ‘लविङ’ थालेका छन्। एकीकृत माओवादीबाट क्षेत्र नं. १ मा अध्यक्ष दाहाल पक्षधर गणेश उप्रेती र भट्टराईनिकट खेम प्रधानको नाम अगाडि छ। नेपाली कांग्रेसबाट सो क्षेत्रमा आमोद उपाध्याय मुख्य दावेदार छन्। शिवनारायण सिंह र रामनारायण मण्डलको पनि चर्चा छ। एमालेका मुख्य दावेदार ऋषिकेश पोखरेल हुन्। गंगा डागी, कपिलेश्वर राजवंशी, बलबहादुर घिसिङ र चन्द्रविर राई पनि एमालेका सम्भावित उम्मेदवार हुन्।
क्षेत्र नं. २ मा एमाओवादीका देवराज भण्डारी र गीता तिम्सिनाको नाम अगाडि सारिएको छ। नन्दकिशोर पुन पूर्वबाट उम्मेदवार बन्न चाहे उनलाई सोही क्षेत्र दिन माग गरिएको स्रोतले बतायो।
कांग्रेसबाट बद्री निरौला, शेखर थापा, यदु बिष्ट, कर्णबहादुर याक्खा र सन्जय भट्टराईको नाम चर्चामा छ। एमालेका प्रमुख दावेदार भरतमोहन अधिकारी हुन्। राजेन्द्र गौतम पनि सोही क्षेत्रबाट लड्न चाहन्छन्। रामकुमार बस्नेत, तारा काफ्ले र चण्डी राई पनि यसै क्षेत्रबाट उम्मेदवार बन्न चाहन्छन्।
क्षेत्र नं. ३ बाट एमाओवादीका खेम भट्टराई र तारेश्वर साहको नाम चर्चामा छ। कांग्रेसका दिलीप गच्छदार, नन्दु सरदार र सत्यनारायण भगत दौडमा छन्। एमालेबाट महेश रेग्मी, ज्ञानेन्द्र सुवेदी, डिपी राई, नरेश पोखरेल र रविन थापाले टिकटको आकांक्षा राखेका छन्।
क्षेत्र नं. ४ मा एमाओवादीका जिल्ला इन्चार्ज शिवकुमार मण्डलको चर्चा छ। कांग्रेसबाट गोपालमानसिंह राजभण्डारी, गयानाथ मण्डल र हरिलाल सिंह टिकट लिन सक्रिय छन्। एमालेबाट ज्ञानेन्द्र राजवंशी र नारायण खतिवडाको चर्चा छ। लालवाबु पण्डितले रुचाएको क्षेत्र पनि यही हो।
राजनीतिक चेतनामा पूर्वकै अग्रणी क्षेत्र नं. ५ मा एमाओवादीका बालेश्वर कामत र राजकुमार चर्चामा छन्। कांग्रेसबाट अमृत अर्याल, मन्तलाल यादव र अशोक साहको चर्चा छ। एमालेमा मीना यादव, वीरेन्द्र यादव, रामलाल साह, लालबाबु पण्डित, जीवन घिमिरे, रामलाल साह दौडमा छन।
क्षेत्र नं. ६ मा एमाओवादी भोगेन्द्र यादव र अविनास मण्डलको चर्चा छ। कांग्रेसबाट केन्द्रीय नेता महेश आचार्य, मीनेन्द्र रिजाल र जिल्लास्तरका बाबुराम ओझा चर्चामा छन्। एमालेका जिल्ला अध्यक्ष महेश रेग्मीले ३ नम्बर नपाए ६ नम्बर रोजेको जिल्ला कमिटी स्रोतले बतायो। बाबुराम कार्की, महेश भट्टराई र संस्थापनका बिमला घिमिरे पनि आफूलाई एमालेको दावेदार ठान्छन्।
क्षेत्र नं. ७ बाट एमाओवादीका अमनलाल मोदी, बिजय थारु र गोपाल कटुवाल चर्चामा छन्। कांग्रेसबाट केन्द्रीय नेता शेखर कोइराला, भूवनेश्वर मण्डल, रुकमणि कोइराला र वीरेन्द्र माझीको नाम चर्चामा छ। एमालेबाट बिनोद ढकाल, विजय कामत र पारुल क्षेत्री प्रतिस्पर्धामा छन्।
क्षेत्र नं. ८ बाट एमाओवादीका गोपी आछामे र यशोदा खनालको चर्चा छ। कांग्रेसबाट दिलीप सापकोटा, रमेशजंग रायमाझी, गोपाल थापा, शिवप्रसाद ढकाल र ललित श्रेष्ठ दौडमा छन्। एमालेबाट गुरु बराल, अर्जुन अधिकारी, अजम्बर राई, नवीन थापामगर र चन्द्र गुरुङको चर्चा छ। नेता राजेन्द्र गौतमले पनि यहीँबाट उम्मेदवार बन्ने इच्छा राखेका छन्।
यस्तै, क्षेत्र नं. ९ मा एमाओवादीका लक्ष्मी पौडेल, प्रवेश धिमाल, प्रेम मिभक र खगेन्द्र भण्डारीको चर्चा छ। कांग्रेसमा डिकबहादुर लिम्बु, प्रकाश थापा, ललित अधिकारी र शोभा पालुङ्वाको नाम अगाडि छ। एमालेमा घनश्याम खतिवडा, भूपाल जिमी, विद्या चाम्लिङ, मानबहादुर श्रेष्ठ, उपेन्द्र घिमिरे र भूवनसिंह राई टिकटको दौडमा छन्। साना दलले उम्मेदवार तय गर्न छलफल र बैठक तीव्र पारेका छन्।

Leave a Reply

Your email address will not be published.