थारु युवाहरुले २३ गते कैलालीमा मार्च पास गर्ने

Tharu Youth Marc Pass in Dang 08

थारु युवा स्यंवसेवकले कैलालीमा मार्च पास गर्ने भएको छ। माघ २३ गते शनिबार आदिवासी जनजाति आन्दोलनका अगुवाहरुले आयोजना गरेको बृहत् आमसभामा थारु युवाहरुले मार्च पास गर्ने भएका हुन्। कैलालीमा बसेको बैठकले सोही दिन कैलालीको पहलमानपुरमा मार्च पास गर्ने निर्णय गरेको थारु युवा स्यंवसेवकका केन्द्रीय सदस्य इन्दु चौधरीले जानकारी दिइन्। उनका अनुसार पाँस सय बढी युवाहरुले फेटा बाँधेर मार्च पास गर्नेछन्।

मार्च पासको नेतृत्व कैलालीका संयोजक करन चौधरीले गर्ने उनले बताइन्। करन चौधरीकै नेतृत्वमा पाँस सयभन्दा बढी युवाहरु मार्च पासमा सहभागी हुनेछन्। युवाहरुले पहलमानपुर बजारमा मार्च पास गरेर आमसभास्थलमा जम्मा हुनेछन्।

त्यस्तै थारु युवा स्यवंसेवकको बैठक माघ २५ गते बस्ने भएको छ। दाङदेखि कञ्चनपुरसम्मका केन्द्रीय प्रतिनिधिहरुको सहभागिता बैठकमा रहने इन्दु चौधरीले बताइन्। थारु आन्दोलनलाई थारु युवाहरुले कसरी सघाउन सकिन्छ भन्नेबारे छलफल हुने उनले जानकारी दिइन्।

एक सय अभियानमा २० हजार संकलन

थारु युवा स्यंवसेवकले चलाएको एक ब्यक्ति एक सय अभियानमा करिब २० हजार संकलन भएको छ। थरुहट आन्दोलनका घाइतेहरुलाई सहयोग गर्न र राजनीतिक जनचेतनाका अभियान, प्रशिक्षण, तालिम पनि सञ्चालन गर्न अभियानको थालनी गरेको इन्दुले बताइन्। यो अभियानमा देश विदेशबाट सहयोग प्राप्त भइरहेको उनले बताइन्। उनले यो अभियानमा सहभागी हुन सबैमा अपिलसमेत गरिन्। सहभागी हुने चाहनेहरु यहाँ विस्तृत हेर्नुस्

Leave a Reply

Your email address will not be published.