कुक तालिमतर्फ आर्कषित थारु युवा

cookनविन चौधरी, लमही- गढवा ९ चन्दनपुरकी पुष्पा चौधरी आजभोलि कुक तालिम सिक्नको लागी लमही आउने गर्छीन्। वि एडमा अध्यन गर्दै गरेकी चौधरीलाई यतिबेला कुक तालिम सिक्नको लागी निकै मोह पलाएको छ। आफु मेहेनती अनि लगनशिल भएर सात दिन अघि देखी तालिममा आएकि उनले समोसा, फिङगरचिप्स, चाट, पनिर लगायत धेरै परिकार बनाउन सफल भएकि छिन्।
उनले आफ्नो भित्रि इच्छा र यसै व्यावसायबाट आत्मनिर्भर बन्नको लागि कुक तालिम लिईरहको बताइन्। इच्छा संग–संगै देशमा बेरोजगार हुनेहरुको संख्या बद्ढै गइरहेकोले व्यावसायिक रुपमा आफु अगाडि बढ्नको लागि यो तालिम मा सहभागि भएको उनको भनाई छ। आफु संग सिप भएपछि आत्मनिर्भर बन्न धेरै सजिलो हुने भन्दै चौधरी तालिममा सबै परिकारका आइटम बनाउन सिक्दै गरेको बताइन्।
चैलाही ८ मजगाउँका जगनारायण चौधरी पनि तालिममा सबै किसिमका परिकार बनाउन ब्यस्त छन्। भविस्यमा सफल कुकर बन्न नसकेपनि हातमा सिप भएपछि सजिलो संग बाच्न सकिने हुदाँ कुक तालिम लिइरहेको उनको भनाई छ। उनि भन्छन्–हाम्रो गाउँघरमा धेरै तरकारी उत्पादन हुने गर्छन् तर सिप नभएकै कारण सबै तरकारी कुहिएर जान्छ। त्यहि भएर आफुले उत्पादन गरेको वस्तुलाई सहि सदुपयोग गर्नको लागि र घरको खाद्यबस्तुलाई व्यावसायिक रुपमा फस्टाउनको लागि कुक तालिम लिन जरुरी रहेको उनले बताए। चौधरी टमाटर, गोभि, आलु लगायत धेरै खाद्य वस्तुहरु लाई सहि तरिकाबाट सदुपयोग गर्न नजानेकोले र उचित मुल्य नपाएका कारण थारु जातिहरुको आर्थीक अवस्था कमजोर हुदै गइरहेको उनको भनाई छ। त्यहि भएर आफुले उत्पादन गरेको वस्तुलाई उचित मुल्य दिनको लागि र नयाँ ढंगबाट व्यावसायिक बनाउने उद्देश्य रहेको चौधरीले भने।
चैलाही ४ मध्यनगरकि अस्मिता चौधरी पनि तालिमबाट मेवाको जुस, मेवाको लड्डु, मेवाको हलुवा, चिकन विरानी, चाउमिन, भेम्टीको अचार, चाट, चिकन चिल्ली, पनिर, चिप्स बनाउन सफल भईसकेकि छन्। चौधरी कक्षा १२ मा अध्यनरत छिन् अध्यन गर्दा –गर्दै पनि उनी कुक तालिम किन सिक्दै छिन् भन्ने प्रश्नमा उनि आर्थीक रुपमा बलियो बन्नको लागि र व्यावसायिक रुपमा खाद्यवस्तुलाई विक्रिवितरण गर्नको लागि यो तालिम लिइरहेको जवाफ दिइन्। उनि भन्छिन्–बेरोजगार भएर मान्छे विदेश पलायन हुन्छन्, तर आफ्नो हातमा सिप भएपछि जसरि पनि स्वरोजगार बन्न सकिन्छ। यो तालिम सिकेपछि  नयाँ तरीकाबाट व्यावसाय गर्ने सोच रहेको उनको भनाई छ।
चौधरीकैे जस्तो देउखरीका धेरै थारु युवा युवति तालिममा सहभागि भएका छन्। आफु बेरोजगार बस्न नपरोस् र घरको खाद्यवस्तुको उचित व्यवस्थापन होस भनेर कुक तालिम लिइरहेको उनिहरु बताउछन्। थारु कल्याणकारिणि क्षेत्रिय सभा देउखरको आयोजनामा सञ्चालन भइरहेको तालिममा देउखरका धेरै युवा युवति नयाँ जोश जाँगर सहित सहभागि भएका छन्। थाकस क्षेत्रिय सभा देउखरका कर्कट चौधरी भन्छन्– सभा वर्षौदेखि थारु जातिहरुको सामाजीक, आर्थिक, सास्कृतिक, शैक्षिक स्तर उकास्नको लागि यस्तो किसिमका अभियान चलाउँदै आएको बताए। सिलाईकटाई, ढकिया बुन्ने, प्रविधि सम्बन्धि धेरै तालिम सञ्चालन गर्दै आएको उनको भनाईए छ। यतिबेला देउखरीका युवा युवतिहरुलाई कुक तालिम सिकाएर आफ्नो घरमा उत्पादित बस्तुलाई सहि ब्यवस्थापन गरी विक्रिवितरण गर्ने, स्वरोगार बनाउने, स्वाबलम्बी बनाउने उद्देश्यका साथ यस्तो तालिम सञ्चालन गरीरहेको उनले भने।
तालिममा २९ जना युवा युवतिहरुको सहभागिता रहेको छ। त्यसैगरी कुक तालिम प्रशिक्षक काशिराम चौधरी दाङका थारु जातिहरु आर्थिक रुपमा कमजोर भएका कारण र हातमा सिप रहेका मान्छे कम रहेका कारण यस्तो किसिमको तालिम सिकाएर आत्मनिर्भर बनाउनुपर्ने बताए। दाङ कृषि उत्पादनको क्षेत्रमा अगाडी भएकोले यहाँ उत्पादन भएका खाद्यवस्तुको सहि सदुपयोग गरी प्रशोधन गर्नुपर्ने जरुरी रहेको उनले भने।

Leave a Reply

Your email address will not be published.