एसएलसी परीक्षा सुरु

भक्तपुर- यो वर्षको प्रवेशिका परीक्षा देशभर एकैसाथ सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार पाँच लाख ४७ हजार १६५ जना परीक्षामा सहभागी भएका छन्। देशभरका एक हजार ७८६ परीक्षा केन्द्रमा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। नियमिततर्फ चार लाख ३० हजार ९७ जना र एक्जाम्टेडतर्फ एक लाख १७ हजार ६८ परीक्षार्थी रहेको परीक्षा नियन्त्रक खगराज बरालले बताए।

सबैभन्दा बढी काठमाडौँमा ८६ केन्द्र र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एक, एक केन्द्र कायम गरिएको छ। परीक्षालाई मर्यादित एवम् व्यवस्थित बनाउन एक हजार ७८६ केन्द्राध्यक्ष, दुई हजार ६५५ सहायक केन्द्राध्यक्ष, २१ हजार ८९० निरीक्षक, सात हजार २९७ सहयोगी र १९ हजार ८६० सुरक्षाकर्मी परिचालन गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published.