राजेश खन्नालाई पद्मभुषण

एजेन्सी- भारतीय फिल्मका पहिलो सुपरस्टार राजेश खन्नालाई मृत्युपछि पद्मभुषण प्रदान गरिने भएको छ। भारतीय स्वतन्त्रता दिवशमा प्रदान गरिने यो भारतको तेस्रो ठूलो नागरिक पदक हो। फिल्मी क्षेत्रमा काका नामबाट चर्चित राजेश खन्नाले १९६६ मा आखिरी खतबाट फिल्मी करिअर सुरु गरेका थिए। यो क्षेत्रमा उनी अनवरतरुपमा ५० वर्ष टिके। आराधना, दो रास्ते, सफर र आनन्द जस्ता फिल्मले उनलाई सुपरस्टार बनायो।
सन् १९६९ मा बनेको आराधना र सन् १९७५ मा बनेको प्रेम कहानीको बीचमा उनी भारतीय दर्शकबीच भगवान झै पुजनीय रहे। यतिसम्म कि महिलाहरु उनको एक झल्को पाउन सडकमा घन्टौ लाम लागेर बस्थे। उनको नामलाई मन्त्रजस्तै जप्थे। उनका कारमा लिपिस्टिक पोतिदिन्थे र रगतले लेखिएका चिठी पठाउँथे।
गत वर्षको जुलाईमा निधन हुँदा उनी ६९ वर्षका थिए।

Leave a Reply

Your email address will not be published.