बंगलादेशसँग नेपाल पराजित

nepal vs bangladeshएएफसी च्यालेन्ज कप समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले नेपाललाई २-० गोलले हरायो। खेलको २७औं मिनेटमा रेफ्रीले पेनाल्टी दिएपछि त्यसको सदुपयो गर्दै बंगलादेशले पहिलो गोलको खाता खोल्यो। खेलको ५७‍औं मिनेटमा बंगलादेशले अर्को गोल थप्यो। खेलमा फर्किन नेपाली खेलाडीले धेरै प्रयास गरे पनि विफल भयो। नेपालले अर्को खेल प्यालेस्टाइनसँग खेल्नेछ। आजको पहिलो खेलमा भने प्यालेस्टाइनले नर्दन मारियाना आइल्यान्डलाई ९-० गोलले पराजित गर्‍यो।

Leave a Reply

Your email address will not be published.