फोरम लोकतान्त्रिकद्वारा जनकपुर बन्द

जनकपुरधाम- प्रहरीले नेताहरुमाथि हातपात गरेको भन्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) धनुषाले जनकपुर बन्द गराएको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा भ्रस्टाचारसम्बन्धी अभियोग लागेका कर्मचारीलाई तलब दिएको सन्दर्भमा सूचना माग्दा स्थानीय विकास अधिकारीले प्रहरी बोलाइ हातपात गराएको उल्लिखित छ।
यसैबीच आइतबार जिल्ला विकास समिति परिसरमा अप्रिय घटना हुन नदिने उद्देश्यले केही कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला विकास समिति कर्मचारी सङ्घका अध्यक्ष विजय यादवले शान्तिपूर्णरुपमा प्राप्त गर्न सकिने सूचनाका लागि लोकतान्त्रिक कार्यकर्ता अमर्यादित क्रियाकलाप गर्न उद्यत हुनु निन्दनीय भएको बताए।
यसअघि पनि निमित्त स्थानीय विकास अधिकारी लक्ष्मीनारायण साहलाई तत्कालीन क्रान्ति फोरमका कार्यकर्ताले गत मङ्सिरमा अमर्यादित व्यवहार गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.