तमु विद्यार्थी सम्मानित

student

बुटवल- समाज परिवर्तनका लागि शैक्षिक जागरणले महत्वपुर्ण भूमिका खेल्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्। उनीहरुले गुरुङ समाजलाई समृद्ध बनाउन उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई समाजलाई प्रोत्साहन गर्ने कार्यक्रम ज्यादै सराहनीय भएको बताएका थिए।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले रुपन्देहीको बुटवलमा आयोजना गरेको उत्कृष्ट विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का संरक्षक परिषद् सभापति शेरबहादुर तमुले शिक्षामा गरिने आन्दोलनले समाज परिवर्तन हुने बताए।
कार्यक्रममा सामुदायिक विद्यालय तर्फबाट सिन्धुलीका अविशा तमु र तनहुँका करण तमु त्यस्तै संस्थागत विद्यालयको तर्फबाट चितवनका दिपा तमु र भक्तपुरका विकास तमु पुरस्कृत भएका छन्। त्यस्तै गरी रुपन्देहीका वरिष्ठ समाजसेवी टेकबहादुर तमु र भाषा साहित्यमा तनहुँका अमर तमुलाई सम्मान गरिएको छ।
प्रतिष्ठानका अध्यक्ष झम तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष माया तमु, तमु भाष लिपिका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बालनरसिङ तमु, तमु धीं युकेका संस्थापक अध्यक्ष मीन तमु, भिम तमु, हिमाल तमु, टेकबहादुर तमुलगायतले बोलेका थिए। कार्यक्रम देवदह मदर टङस एकेडेमी, तमु ह्युल छोंज धीं दिपनगर समिति लगायतले तमु संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव चित्रबहादुर तमुको सञ्चालन र रुपन्देही अध्यक्ष चन्द्रबहादुर तमुको स्वागतमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.