ममता चौधरीको अर्धसतकमा यु-१९ महिला क्रिकेटको उपाधि जनकपुरलाई

तस्बिर सौजन्य : विजय गजमेर
बलिङ गर्दै जनकपुरकी अनुराधा चौधरी। तस्बिर सौजन्य : विजय गजमेर

काठमाडौं- जनकपुरले वाइवाइ यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता जितेको छ। शुक्रबार भएको फाइनलमा जनकपुरले डिफेन्डिङ च्याम्पिन बिराटनगरलाई २७ रनले हरायो। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको जनकपुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ १३१ रन बनायो। टोलीबाट ममता चौधरीले ५० बलमा ५५ रन बनाइन्। त्यस्तै अनुराधा चौधरीले ५५ बलमा ३३ र सरिता चौधरीले १३ बलमा अविजित २३ रन बनाइन्।
बिराटनगरका लागि सबनम राईले २ विकेट लिइन्। जवाफी ब्याटिङ गरेको बिराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाइ १०४ रनमात्र बनाउन सक्यो। संगीता राईले ४० बलमा ३२ र रमा थापाले ३० बलमा अविजित २४ रन बनाइन्। जनकपुरकी आरती चौधरीले २ विकेट लिइन्।

जनकपुरले तीन वर्षयता दोस्रोपटक उपाधि जितेको हो। जनकपुर दुई वर्षअघिको पहिलो संस्करणको विजेता हो। गतवर्ष विराटनगरले भैरहवालाई हराउँदै प्रतियोगिता जितेको थियो। तर शुक्रबार बिराटनगर एकतर्फीजस्तो खेलमा जनकपुरसँग घुँडा टेक्यो।

Leave a Reply

Your email address will not be published.