चुनाव हुन नदिन षड्यन्त्र हुँदैछ : यादव

Upendra-Yadav1वीरगन्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संविधानसभाको चुनाव हुन नदिन ठूलो षड्यन्त्र भइरहेको बताएका छन्। नेपाल राष्ट्रिय पान व्यवसायी सङ्घको महासम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘मधेसी, दलित, आदिवासी, जनजातिलगायत पिछडिएका वर्ग एवम् समुदायलाई अधिकार सम्पन्न बनाउनका लागि संविधान सभाको नयाँ निर्वाचन अपरिहार्य छ।’
‘प्रमुख तीन ठूला दल र सरकारमा रहेको मधेसी मोर्चाको सत्ता स्वार्थका कारण मुलुकमा निर्वाचन हुने वातावरणको निर्माण हुन सकिराखेको छैन्,’ उनले भने।
अध्यक्ष यादवले शक्ति सन्तुलनको सिद्धान्त, संवैधानिक व्यवस्था र सङ्क्रमणकालीन राजनीतिक परिस्थिति कुनै पनि दृष्टिकोणबाट बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु उपयुक्त हुँदैन् भन्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन पूर्वन्यायाधीश वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा तटस्थ चुनावी सरकार गठन गर्नु अहिलेको आवश्यकता भएकामा उनले जोड दिए।
मुलुकमा विद्यमान संवैधानिक र राजनीतिक सङ्कट समाधानका लागि वर्तमान सरकारको बहिर्गमन र संविधानसभाको नया“ निर्वाचनको घोषणा एक मात्र विकल्प भएको पनि उनले बतानए।
सङ्घका अध्यक्ष भैरवप्रसाद पण्डितको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी, मधेसी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव र सङ्घीय सद्भावना पार्टीका जिल्ला अध्यक्ष पप्पु पटेललगायतका वक्ताले मधेस आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न मधेस केन्द्रित दलहरुले निर्वाह गर्नुपर्ने भूमिकाको विविध पक्षमाथि प्रकाश पारेका थिए। रासस

Leave a Reply

Your email address will not be published.