बृहत् वाम एकताका लागि तयारी हुँदैछ : गजुरेल

नुवाकोट- नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुरा विदेशी राष्ट्रबाट आएको षड्यन्त्र हुनसक्ने बताएका छन्। नेकपा–माओवादी नुवाकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले युरोपेली युनियन, अमेरिका र भारतले मुलुकको शासन सत्तामाथिनै हस्तक्षेप गरेको आरोप लगाए।

तत्कालीन एकीकृत नेकपा माओवादीको विदेश विभाग प्रमुखसमेत रहनुभएका गजुरेलले विदेशीले बनाएको योजनामा एकीकृत नेकपा माओवादीले महाधिवेशनबाट पारित गरेको प्रस्तावमा अन्यदलहरु पनि सहमत हुनुले विदेशी योजना सफल हुँदै गएको आरोप लगाए।
नेता गजुरेलले मुलुकमा जारी गतिरोध अन्त्य गर्न नेकपा मओवादीले बृहत बाम एकता गर्न लागिरहेको बताए। उनले मुलुकमा बाम मोर्चा बनाएर त्यसले नै जारी राजनीतिक गतिरोध अन्त्य गर्न सक्ने दाबी गरे। रासस

Leave a Reply

Your email address will not be published.