नेपाल आदिवासी जनजाति महासङ्घको आठौं अधिवेशन चितवनमा

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशन अगामी वैशाख २८, २९ र ३० गते चितवनमा हुने भएको छ। महासङ्घको आइतबार सम्पन्न सचिवालयको बैठकले पहिलोपटक उपत्यका बाहिर अधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनमा ७१ जिल्लाका जिल्ला समन्वय परिषद्, सूचीकृत ५९ आदिवासी जनजाति समुदायका प्रतिनिधि तथा महासङ्घका विदेशमा रहेका शाखाका प्रतिनिधिले भाग लिने महासङ्घले जनाएको छ। सोही अधिवेशनले नयाँ नेतृत्वको चयन पनि गर्नेछ। रासस

Leave a Reply

Your email address will not be published.