दाङमा चार कमलरीको उद्धार

kamlari photaसन्तोष दहित, देउखुरी- बिहीबार बेलुका लमही र आसपासका गाउँबाट चार जना कमलहरी बालिकालाई उद्धार गरिएको छ। १० वर्षदेखि १२ वर्ष उमेर समूहका चार जना बालिकालाई अर्काका घरमा काम गर्दै गरेको अवस्थामा छापामारी उद्धार गरिएको हो। जिल्ला बाल कल्याण समन्वय समितिको अगुवाइमा लमहीको रातो डाँडास्थित लालबहादुर केसीको घरबाट बेला–१ मटेरिया घर भएकी १० वर्षीया आरती चौधरी, लमही बजारका साइवा श्रेष्ठको घरवाट चैलाही–१ शान्तिनगरकी ११ वर्षीया मञ्जु कुमाल, चैलाही–३ देउपुरका यादव चौधरीको घरबाट गोवरडिहा–८ की १० वर्षीया आरती चौधरी र सोही गाउँका रञ्जित चौधरीको घरबाट कञ्चनपुरकी १० वर्षीया सम्झना चौधरीलाई उद्धार गरिएको स्वानका अध्यक्ष कृष्ण कुमार चौधरीले जानकारी दिए।

दाङका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँको नेतृत्वमा कमलरी राखिएका घरमा छापामारी वालीकाहरुलाई उद्धार गरिएको र बालिकालाई कमलहरीका रुपमा राख्‍ने ब्यक्तिलाई प्रचलीत कानुन अनुसार कारबाही हुने भएको छ। मालिकलाई कारबाहीस्वरुप तीन हजार जरिवाना र क्षतिपूर्ति भराउने कारबाही गरिने भए पनि अब कारबाहीको दायारा बढाइने महीला विकास कार्यालयकी प्रमुख प्रभाव बलि श्रेष्ठले जानकारी दिइन्। ‘अब कारबाहीको दायारा पनि फराकीलो बनाउनुपर्छ,’ उनले भनिन्– ‘अनि बल्ल केही कमलहरी राख्‍ने चलन कम हुन्छ कि?’
कमलहरी राख्‍नेलाई कारबाहीका लागि शुक्रबार मालिक र उद्धार गरिएका बालिकाका अभिभावकलाई पनि जिल्ला प्रसासन कार्यालयमा बोलाइएको छ। छापामारी उद्धार गरिएका बालिकालाई अहिले स्वान संस्थाद्धारा स्थापना गरिएको लावाजुनी छात्रावास नर्तिमा राखिएको छ।
छापामार्ने कार्यमा प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँ, महिला विकास कार्यालयकी प्रमुख प्रभाव बलि श्रेष्ठ, इलाका प्रहरी कार्यालय लमहीका प्रमुख बाबुकाजी गिरी, अनुसन्धान विभागका एसपी हरीहर पौडेल, स्वानका अध्यक्ष कृष्ण कुमार चौधरी, प्रबन्ध निर्देशक भागिराम चौधरी, मुक्त कमलहरी विकास मञ्चका फकला थारु, विष्णु चौधरीलगायतको सहभागीता थियो।

Leave a Reply

Your email address will not be published.