काष्ठकलाबाट आत्मनिर्भर बन्दै लालप्रसाद

lal parsadसन्तोष दहित, दाङ- न मागेर पाइन्छ, न खोजेर पाइन्छ
स्वरोजगार बन्न सिप नै चाहिन्छ
माथिको पङतिलाई आत्मसाथ गरेका घोराही नगरपालिका १ झंगह्वाका लालप्रसाद चौधरी काष्ठकलाबाट आत्मनिर्भर बन्दैछन्। उनी काष्ठको विभिन्न डिजाइनका चित्र तथा मन्दिर बनाउँदै आएका छन्। थारु समुदायको परम्परागत देवी देवतालाई पनि काठको नमूनामा उतार्ने गरेका छन्। थारु समुदायका पुर्खाले लगाउँदै आएको भेषभुषमा समेत काठको चित्रलाई मानवजस्तै उतारेका छन्। उक्त चित्र हेरेर प्रस्टरुपमा थारु समुदायका पुर्खाले लगाउँदै आएको परम्परागत भेषभुषालाई पनि अध्ययन गर्न सजिलो भएको छ। यतिमात्र नभएर थारु जातिको इतिहासलाई खोतल्नेमा पनि उक्त चित्रले धेरै सहयोग गर्ने देखिन्छ। चौधरी भन्छन्- आफूले बनाएको विभिन्न डिजाइनका चित्र तथा मुर्तीहरु वोकेर प्रचार प्रसारका लागि मेला, महोत्सवमा पनि जानेगरेको चौधरी बताउँछन्। एउटा मुर्तिको ३ हजार देखि ५ हजारसम्म लिने गरेको उनले बताए।
आफूले बनाएको चित्र व्यक्तिभन्दा पनि संघसस्थाले खरिद गर्ने गरेको चौधरीले भने। विभिन्न संघसस्थाहरुले आफ्नै निवासमा पगि काठको मुर्ति, मन्दिर परम्परागत थारु देविदेवउता बनाउने अर्डर गर्ने गरेको चौधरीले भने। खासगरी थारु समुदायको परम्परागत देविदेवता लोप हुने अवस्था भइरहेको बेला थारु समुदायको चित्र बढी मात्रमा बनाउने गरेको उनले जानकारी दिए। अन्य समुदायले पनि थारु समुदायको देविदेवता आफ्नो वैठक कोठामा राख्नको लागि लग्नेगरेको चौधरीले भने। काठकै गोरु, काठकै मान्छे बनाउने बेला धेरै समय लाग्ने भए पनि मुख्य कुरा आफ्नो सिपलाई व्यवाहरमा लागू गर्न सक्दा आफ्नै खुसी रहेको चौधरीले भने। मानिसले पैसाका लागि विदेश जान्छन् तर सिप भएपछि आफ्नै स्वदेशमा प्रशस्त आम्दानी रहेको उनले बताए। आफूले यही काठका मन्दिर, देविदेवता बनाएर आफ्नो परिवार पाल्दै आएको चौधरीले बताए।
चौधरी भन्छन्- सिप भएपछि जहाँ गएर पनि काम गर्न सकिन्छ। अहिलेको बेला न मागेर पाइन्छ न खोजेर पाइन्छ। स्वरोजगार बन्न सिप नै चाहिन्छ। उनले कसैले आफूले जानको बारेमा कुनै चिज सिक्न चाहे त्यसको निशुल्क प्रशिक्षण दिने गरेको बताए। विभिन्न संघसस्था पनि पशिक्षणको लागि बोलाउने गरेको चौधरीले बताए। सिप भए स्वदेमा पनि प्रसस्त आम्दानी रहेको बताउँदै अखिर विदेशमा गए पनि सिप विना काम मिल्दैन उनले भने। घरको बनाउने मिस्त्रीदेखि लिएर फर्निचर सम्बन्धि सबै काम पनि गर्दै आएको चौधरी बताउँ छन्।

Leave a Reply

Your email address will not be published.