कालीगण्डकी मर्मतका लागि बन्द, लोडसेडिङ नबढ्ने

kaligandakiकाठमाडौं- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना आज रातिदेखि १० दिनका लागि बन्द हुने भए पनि त्यसले लोडसेडिङ नबढ्ने विद्युत् प्राधिकरणले जनाएको छ। ‘उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द हुने भए पनि विद्यमान विद्युत् भार कटौतीमा कुनै फेरबदल हुँदैन’ प्राधिकरण प्रवक्ता शेरसिंह भाटले भने। उनले विद्युत् भार कटौती १२ घण्टा बढी नहुने बताए।

उत्पादन गृहमा समस्या देखिएपछि मर्मतका लागि आयोजना बन्द गर्न लागिएको हो। विद्युतगृहका इन्लेट भल्व (सुरुङबाट टवाईनसम्म पानी लैजाने पाईपमा जडान गरिएको भल्व) खिइँदै गएर ‘लिकेज’ हुने समस्या देखिएपछि मर्मतसम्भारका लागि उत्पादन बन्द गर्न लागिएको आयोजनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published.