एएफसीमा शनिबार नेपाल नर्दन मारियानासँग भिड्ने

AFC_Challenge_Cup.svgकाठमाडौं- एएफसी च्यालेन्ज कप २०१४ अन्तर्गतको समूह डीको छनोट चरणको खेल भोलिदेखि सुरु हुने भएको छ। एसियाली फुटबलको दोस्रो श्रेणीको पाँचौँ संस्करणअन्तर्गतको समूह डी मा नेपाल, नर्थर्न मारियाना आइल्यान्ड, प्यालेस्टाइन र बङ्गलादेश छन्। यसअन्तर्गत भोलि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले नर्थर्न मारियानासगँ प्रतिस्पर्धा गर्नेछ।

सन् २००६ मा एएफसी च्यालेन्ज कप खेल्न सुरुवात गरेको नेपालले पहिलो संस्करणमा सेमिफाइनलसम्मको खेल खेलेको थियो। सो खेलपछि अहिलेसम्म नेपाल त्यस स्थानमा पुग्न सकेको छैन। गतवर्ष घरेलु मैदानमा नै भएको एएफसी च्यालेन्ज कपको चौथो संस्करणको फाइनलमा भएको तीन खेलमा हार बेहोर्दै नेपालले गोलको खातासमेत खोल्न सकेन। यो वर्ष भने गत वर्षको जस्तै खेल नहुने र एएफसीमा समेत छनोट हुने नेपालका मुख्य प्रशिक्षक ज्याक स्टेफोनस्कीले बताए।
सो प्रतियोगितामा खेलाडीले राम्रो खेल प्रर्दशन गर्ने विश्वास व्यक्त गर्दै सबै खेलमा फरक फरक रणनीति अपनाउँदै खेल खेल्ने र यसअघिका खेलमा भएका कमिकमजोरीलाई सुधार्ने उनले बताए। नेपाल फिफा वरियताको १७४औँ स्थानमा छ भने नर्थर्न मारियानले फिफा वरियता अहिलेसम्म पाएको छैन।
यस्तै फिफा वरियताको सबैभन्दामाथि प्यालेस्टाइन १५३ औँ स्थानमा छ भने बङ्गलादेश १६९औं स्थानमा छ। प्रतियोगितामा नेपालकातर्फबाट थि्रस्टार क्लबका खेलाडी किरण चेम्जोड, विकास महर्जन, विजय धिमाल, सन्तोष साउखल, विजय गुरुङ, विक्रम लामा, सन्दीप राई, फेन्ड्सका सागर थापा, निराजन खड्का र जगजीत श्रेष्ठ छन्।
यस्तै मनाङ मस्याङ्दी क्लबका अनिल गुरुङ, नेपाल प्रहरीका जुमानु राई, भोला सिलवाल, रीतेश थापा, चेतन घिमिरे, रवीन श्रेष्ठ, नेपाल आर्मीका जीतेन्द्र कार्की, भरत खवास र राजु तामाङ छन्।
यसैगरी एन्डोनेसियाको पिएसपिए पेकानबारु क्लबमा खेल्ने रोहित चन्द, मध्यपुर युथ एसोसियसनका विकेस कुथु, सशस्त्र प्रहरी बल (एपिएफ)का राजेन्द्र रावल, रानीपोखरी कर्नर टिम (आरसिटी) का अमर डङ्गोल छनोटमा परेका छन्।
गोलकिपरमा विकेश कुथु, किरण लिम्बु, रीतेश थापा छन् भने रक्षकमा विराज महर्जन, विजय धिमाल, जितेन्द्र कार्की, सागर थापा, सन्दीप राई, रवीन श्रेष्ठ र रोहित चन्द छन्।
त्यस्तै विजय गुरुङ, भोला सिलवाल, निराज खडका, विक्रम लामा, राजु तामाङ, राजेन्द्र रावल, र जगजीत श्रेष्ठले मिडफिल्डमा खेल्ने छन्। फरवार्डमा भने भरत खवास, अनिल गुरुङ, अमर डङ्गोल, चेतन घिमिरे, जुमानु राई र सन्तोष साउखल छन्।

खेलाडीलाई ४० दिन बन्द शिविरमा राखेर छनोट गरिएको हो। नेपालले आउदो सोमबार २१ गते बङ्गलादेशको सामना गर्नेछ भने २३ गते बुधबार प्यालेस्टाइनसँग खेल्नेछ। रासस

Leave a Reply

Your email address will not be published.