एसीसी महिला क्रिकेटमा नेपालको विजयी सुरुआत

काठमाडौं- थाइल्याण्डमा आजदेखि सुरु एसीसी महिला क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई आठ विकेटले पछि पार्दै जित हात पारेको हो। भुटानले प्रस्तुत गरेको ६६ रनको लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि रोशनी बोहराले १९, सीता मगरले नटआउट १८ र सरिता मगरले नटआउट ११ रन बनाए। मधु थापा भने एक रनमा नै आउट हुन पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
यसअघि पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २५ ओभरमा आठ विकेट गुमाएर ६५ रन बनाएको थियो। कप्तान रुबिना क्षेत्री र निरा राजोपाध्यायले समान दुई/दुई तथा करुणा भण्डारी, सरिता मगर र नेरी थापाले एक/एक विकेट लिए। शुक्रबार हुने दोस्रो खेलमा नेपालले युएईसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published.