एमाले नेताको उत्तेजित भाषणका कारण सप्तरी घटना : सांसद तेजुलाल चौधरी

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गृहजिल्ला सप्तरीमा घटनाप्रति दुःख ब्यक्त गरेका छन्। सप्तरीका क्षेत्र नम्बर ५ का निर्वाचित सांसद चौधरीले घाइतेहरुको निशुल्क उपचारको माग गरेका छन्।

उनले गोली हान्ने आदेश नहुँदा नहुँदै निर्ममतापूर्वक जनताको हत्या हुनु रहस्यमय भएको उनले उल्लेख गरेका छन्। उनले एमाले मेची महाकाली अभियानको नाममा उत्तेजित भाषण नगर्न आग्रहसमेत गरेका छन्।

‘संविधानले सभा सम्मेलन गर्ने अधिकार सुनिश्चित गरेको छ। तर समाजिक सदभावलाई खलल पार्ने अभिब्यक्ति दिनु अनुमति दिँदैन। एमालेको मेची महाकाली अभियानको नाममा गरिएको तराई केन्द्रीत कार्यक्रम समयसापेक्ष हो कि होइन भन्ने विचार पुर्‍याएर गरिनुको सट्टा एमालेका नेताहरु उत्तेजित भाषण गरेर तराई मधेसका जनताहरुलाई आक्रोशित बनाउनु र आन्दोलन गर्न बाध्य बनाउनु पनि अनुचित कार्य भएको छ। नेताको उत्तेजित भाषणप्रति सप्तरीमा भएको प्रदर्शनमा अन्धाधुन्ध गोली प्रहार गरी घटना घटाइएको देखिन्छ.’ विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.