२६ डिएसपी एसपी भए (नामावलीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले २६ डिएसपीको बढुवा गरेको छ। डिआइजीमा बढुवा विवादित भएपछि अन्तिम तयारीमा रहेको डिएसपी बढुवा रोकिएको थियो। बिहीबार अजय भट्टराई, प्रकाश अधिकारी, उत्तम सुवेदी, धीरजप्रताप सिंह र वसन्त लामा लगायत २६ जना बढुवामा परे। डिएसपीको बढुवा गर्दा उनीहरुको वरिष्ठताक्रममा व्यापक हेरफेरसमेत गरिएको छ। एसपीको बढुवा तयारी अन्तिम प्रकृयामा रहेको गृह स्रोतले जानकारी दियो। अहिले १ सय २९ एसपीको दरवन्दी रहेकोमा २६ रिक्त थियो। 

बढुवा हुनेमा विवेश लोहनी, विश्वराज पोखरेल, अरुण जिसी, रविन्द्रबहादुर धानु, प्रेमबहादुर मल्ल, शिशिर कर्माचार्या, राजेन्द्र चौधरी, शरद खत्री, उमेश रञ्जितकार, विक्रम चन्द, शेखर कोइराला, गोपीनाथ श्रेष्ठ, ईश्वरी चापागाईँ, मुकुन्दराज आचार्य, सहकुल थापा, पूजा सिंह, वीरेन्द्रकुमार बस्याल, सुशीलकुमार यादव, सुकदेव न्यौपाने र मसाहुद आलम खाँ छन्।

त्यस्तै प्राविधिकतर्फ लोकेशचन्द सिंह एसपी भएका छन्।

Leave a Reply

Your email address will not be published.