बिराटनगरमा शिक्षामन्त्रीको पुत्ला दहन

विराटनगर- राहत दरबन्दीमा कार्यरत शिक्षकहरूले उमेरको हद खारेज गर्नुपर्ने माग गर्दै जनआन्दोलन चोक विराटनगरमा शिक्षामन्त्री दीनानाथ शर्माको पुत्ला दहन गरेका छन्। शिक्षा आयोगले भर्खरै निकालेको विज्ञापनमा विद्यालयमा कार्यरत अधिकांश राहत, पिसिएफ दरबन्दीका शिक्षकहरूले आफ्नो उमेरको हद नाघेको भन्दै विरोधमा उत्रिएका छन्।
उमेर हुँदै नियुक्ति पाएका यस्ता शिक्षकहरू लामो समयदेखि विद्यालयमा सेवा गर्दै आएका छन् भने उनीहरूले विज्ञापन सरकारले ढिलो गरी निकालेकाले यस्तो समस्या आएको राहत शिक्षक सूर्यनारायण महतोले बताए। रासस

Leave a Reply

Your email address will not be published.