शनिबारदेखि १४ घन्टा लोडसेडिङ

काठमाडौं- भारतबाट आउने २५ मेगावाट विद्युत् कटौती भएपछि नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लोडसेडिङ १४ घण्टा पुर्‍याउने भएको छ। बिना सूचना भारतले नेपाललाई दिँदै आएको विद्युत् कटौती गरेपछि आकस्मिक रुपमा लोडसेडिङ बढेको हो।सिस्टम अपरेशन विभागका प्रमुख भवनकुमार क्षेत्रीले भारतले अचानक विद्युत् आपूर्ति बन्द गरिदिएको पुष्टि गरे। भारतबाट नेपालले ११४ मेगावाट विद्युत् आयात गरेकोमा यो हिउँदमा थप ५५ मेगावाट विद्युत् दिने वाचा गरेको थियो।

राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका बेला भारतले यस्तो आश्वसन दिएको थियो।

Leave a Reply

Your email address will not be published.