राजधानीमा प्रशान्त तामाङ (भिडियोसहित)

काठमाडौं- गायक प्रशान्त तामाङले राजधानीमा आफ्नो सांगितिक प्रस्तुती दिएका छन्। राजधानीको सुनधारामा औपचारिकरुपमा आजैबाट सुरु गरिएको सिभिल ट्रेड सेन्टरमा आयोजित सांगितिक कार्यक्रममा उनले हिन्दी र नेपाली गीत गाएका थिए। यसअगावै नेपाली दर्शकले मन पराइएको उनीद्वारा अभिनित चलचित्र गोरखा पल्टनको ‘लाहुरे म त सोल्टिना’ गाउँदा धेरै दर्शक उनीसँगै झुम्मिएका थिए।

इन्डियन आइडल-३ को उपाधिसमेत जितेका उनले ‘असारे महिनामा’बोलको गीतबाट प्रस्तुती सुरु गरेका थिए। एयरहोस्टेज पत्‍नी गीतासमेतको उपस्थितमा लाइभ गीत गाउँदा निकै रमाइलो लागेको उनले दर्शकलाई सुनाए। पत्‍नी गीतालाई समर्पित गर्दै तामाङले हिन्दी चलचित्र ‘डर्टी पिक्चर’मा कमाल खानद्वारा गाइएको निकै चर्चित गीत ‘इश्क सुफियाना’ गाएका थिए।

उनले मर्डर को भिगे ओठ तेरी र फराह्‍न अख्तरद्वारा निर्देशित फिल्म जिन्दगी ना मिलेगा दोबाराको सेनोरिटा बोलको गीतसमेत गाए।

Leave a Reply

Your email address will not be published.