बस दुर्घटना हुँदा डोटीमा ३० जनाको मृत्यु

डोटी- डोटीको छतिवन गाविस ९ रुवसकाँडा नजिकै बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ। अछामको जयगढबाट टीकापुरतर्फ आउँदै गरेको ना ४ ख ३६०३ नम्वरको यात्रुवाहक बस बिहान ३ बजेतिर दुर्घटना भएको हो। मर्नेमा ७ महिला २२ पुरुष १ बालक छन्। २९ जनाको शव प्राप्त भइसकेको प्रहरीले जनाएको छ। तीमध्ये ८ को सनाखत भएको छ।
अछाम सिद्धेश्वर-९ का टेकबहादुर बुढा, कालागाउँ-९ का बहादुर सोडारी, बैजनाथ-९ पवना शाह, धनगढी नगरपालिका-२ का गगन थापा, देवीस्थान-६ का २९ बर्षीय कृष्ण खड्का, बद्रादेवी-५ का एकैघरका १९ बर्षीय कल्पना ठकुल्ला, २२ बर्षीय पशुपति ठकुल्ला र रोसनीकला ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा अछाम कालिका ७ का २२ वर्षीय तवेन्द्र रावल, गाँजरा – २ की ४५ बर्षीया ईश्वरा खड्का दर्ना ५ की २५ वर्षीय गुलावी रावल, तिमिल्सैन-६ बस्ने ३५ बर्षीय भेषराज तिमिल्सिना, दर्ना ९ की ४० वर्षीया पवित्रा बोहरा, टिकापुर नगरपालिका १५ बस्ने ३३ बर्षीय जनक रेग्मी, हसुलिया १ का २९ बर्षीय किशोर चौधरी, गडरीया ८ बस्ने १९ वर्षीय जय कुमार चौधरी र मंगलसेन -९ बस्ने २५ वर्षीय नृप विष्ट रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.