थारु गाँउमा माघीको चहलपहल

तस्बिर : उपेन्द्र लामिछाने

सन्तोष दहित, दाङ- माघी पर्व आउने करिब एक हप्ता समय रहदा पनि अहिले देखि नै थारु गाँउमा माघीको चहलपहल शुरु भएको छ। यति वेला थारु समुदायका मानिसहरु माघीको तयारीमा व्यस्त छन्। कोहि दाउरा र पातको लागि जंगलमा गएका छन् भने कोहि ढिक्री वनाउनको लागि पिठो पिसाउन मिलमा व्यस्तछन। त्यस्तै कोहिले मासु खानको लागि सुंगुर वंगुरको खोजिमा छन्। त्यसैगरि कोहिले माछा मार्नेमा लागेका छन भने कोहिले माघीमा नाच्नको लागि मान्दल वनाउनेमा व्यस्तछन यतिवेला थारु समुदायमा। कोहिले भने यसपालिको गाँउको अघवा वन्नको लागि गाँउको गरधुर्‍याहरु संग भेटघाटमा छन भने कोहि अघवा, महटवाहरु भने पुन आफुलाई अघवा, महटवा वनाउनको लागि गरधुर्‍या तथा अघवाहरु संग छलफलमा व्यस्तछन। त्यस्तै कसैले आ–आफ्नो घरको आँगन सरसफाई देखि लिएरका घरमा निपपोटमा लागेकाछन यतिवेला थारु समुदायका महिला तथा पुरुषहरु। के वृद्ध–वृद्धा, के युवा–युवती सवैले माघीको तयारीमा लागेकाछन हिज आज थारु समुदायका महिला तथा पुरुषहरु।
हेकुली ८ हेकुलीका सर्मिला चौधरीलाई माघीको तयारीको लागि भ्याइ नभ्याई छ । घरमा काम गर्ने कोही नभएपछि उनलाई माघीको तयारी एक्लै गर्नपरिरहेको छ। भर्खरै हिजो मात्र जंगल गई पात टिपेर ल्याउन भ्याएको छु चौधरीले भने। अव पिठो पिसाउनको लागि धान कुटाउन तयारीमा रहेको वताउदै चौधरीले भने धान कुटाइसके पछि पिठो पिसाउन र तेल पेलाउन संगै लग्ने उनि भनिन। दुइजना छोराहरु भए पनि आफ्नै कामको शिलशिलामा वाहिर रहेको वताउदै माघीमा त छोरा वुहारीहरु आउने भनेर फोन गरेका छन्। छोरावुहारी आएपछि फरक रमाइलो हुन्छ। त्यसैलेपनि धेरै तयारी गर्नुपरिरहेको चौधरी भनिन। प्रत्येक वर्ष छोराहरुको साथी पनि माघी मनाउन आउने गरेकोले अरु काम छोडेर सवै ध्यान माघीमा लगाएको उनले भनिन। त्यस्तै माघी मनाउन आउने पाहुनाहरु लाई मिठो मिठो परिकार खुवाउनको लागि उनका श्रीमान भिमवहादुर चौधरीलेपनि फुर्सदको समयमा माछा मार्न खोला पुग्छन्। माघी आउदा सम्म त ३/४ केजी माछा मारेर सुकाइ सक्छु उनले भने। अहिले नै माछा मार्न नजाने हो भने पछि खोलामा रहेको सवै माछा सकिन्छन त्यसैले अहिले नै जालको साहायताले एक्लै भएपनि माछा मारिरहेको चौधरीले भने। पर्सिदेखि दाउराका लागि बन खुल्दै छ चौधरीले भने पछि त एकछिन फुर्सद नै हुदैन त्यसलै माघी आउन एक हप्ता देखि नै तयारीमा लागेको चौधरीले वताए।
यसैगरि हेकुली ८ का खुशिराम चौधरी पनि माघीमा व्यस्तछन। उनि भन्छन् माघीको लागि धान पनि कुटाइसकेका वताउदै पिठो पनि पिसाई सकेको वताए। माछाको लागि पनि ठाँउ हेरिसेको आउने २७ गते देखि माछा मार्ने चौधरीले भने। यसपालिको माघीमा गाँउमै सस्तो सुंगुर भएकाले मासुको लागि त्यति झमेला नहुने चौधरीले वताए। गत वर्ष गाँउमा सुंगुर नमिलेर मासुको लागि हाहाकार थियो यसपालि चाहि मासु टन्न खान पाइने उनले भने। दाउरा भने घरकै नजिकै सानो नर्सरी भएकोले दाउराको लागि दाउरा एक हप्ता अगाडी दाउरा गरिसकेको चौधरीले भने। अव माघीमा नाच्नको लागि मान्दल वनाउदै गरेको वताउदै साथिहरु आएपछि माघीको गीत तयार गर्ने र माघीमा नाच्ने उनले भने।
त्यसैगरि सौडियार गाविस ८ सिहनियका वेझलाल चौधरी पनि माघीको तयारीमा भ्याइ नभ्याई छ। माघीको वेला नमूना थारु ग्राममा आउने पर्यटकहरुलाई थारु परिकार खुवाउने देखि लिएर नाच गान पनि देखाउने पर्ने भएकोले अहिले नै मान्दल वनाउनको लागेको चौधरीले भने। माघीमा पनि नाच्नु पर्ने हुन्छ त्यसको लागि पनि भइहाल्छ। पछि पाहुनाहरुलाई स्याहार्ने ठिक्क हुन्छ त्यहि भएर हिजआजनै मान्दलको वनाउने तयारीमा लागेको चौधरीले भने। मान्दल वनाइसकेपछि नचनियाहरुको लागि ड्रेस खोज्ने होला यदि गाँउमा नपाएपछि वजार गएर नया कपडा किनेर भएपनि सिलाउनु पर्‍यो चौधरीले भने। वर्ष दिनमा एकचोटी मात्र आउने हाम्रो जातिको महान पर्व माघीमा थारु जातिले भब्य तरिकाले मनाउने गरेको चौधरीले भने। यो पर्वमा अरु भन्दा फरक पर्व हो थारु जातिमा यो पर्वलाई नया वर्षको रुपमा पनि मनाउदै आएको चौधरीको भनाइथियो। यतिमात्र नभएर गाउमा महटवा, गरधुर्‍या, अघवा समेत छान्ने गरिन्छ चौधरीले भने। यो वर्षमा के के भयो माघीको दिन वैठक वसेर छलफल गरिनुको साथै आउने वर्षको लागि नया योजना समेत वनाउने पनि गरिन्छ चौधरीले भने। यति महत्व रहेको थारु जातिको माघीमा सरकार कम्तीमा पनि ४/५ दिन सम्म सार्वजनिक विदा दिनुपर्ने हो चौधरीको भनाई थियो।
यसैगरि घरआंगनलाई सरसफाई देखि घरमा निपपोट गर्दैछिन घोराही नगरपालिका २ गुलरियाका गुदासी चौधरी। उनि अहिले माघीको लागि पिठो तेल पेलाइसकेका छन भने पिठो पिसाउनको लागि तयारी गरिरहेको चौधरीले वताइन। ढिक्रीको लागि पनि दाउरा चिर्न बाँकी रहेको वताउदै दाउरा भने श्रीमानलाई चिर्न लगाएर आफु पिठो पिसाउन मिलमा जाने चौधरीले भने। सवै काम एक्लै नभ्यार श्रीमानको सहयोग मागिरहेकाछन। माघी आउने जम्मा जम्मी ७ दिन छ औला गन्दै चौधरीले भनिन जाँर पनि पकाउने बाँकी छ। जाँर संग खुवाउने अचार वनाने छ। अलि अलि रक्सी पनि पार्नु छ चौधरीले भने। सवैले जाँर खादैनन त्यसैले रक्सी पनि वनाउनै पर्छ चौधरीले भनिन। माघीमा नाच्न आउने नाच टिमले त रक्सी नै खाज्छन त्यसैले पनि रक्सी त न वनाइ नहुने छ चौधरी भनिन। दिउसो पिठो पिसाएर आएर रातिमा रक्सी वनाउन पर्ला चौधरीले भने। घरमा एक्लै भएर आफुलाई भ्याइ नभ्याइ छ चौधरीले भने।
त्यसैगरि विजौरी गाविस ५ मैंरहवाका युवाहरुले परम्पारागत मघौटा नाचलाई माघीमा देखाउनको लागि मघौटा नाच सिक्दैछन। नवस्मृति युवा क्लव गठन गरेर गाँउका युवाहरुले पुर्खाहरुले नाच्दै आएको नाचलाई सेम वनाउका लागि एक साता अगाडी देखि तयारीमा लागेकाछन। मघौटा गीत देखि लिएर मघौटा नाच सिकिरहेका क्लवका सहचिव सम्झना चौधरीले वताए। अहिलेका थारु युवाहरुले आफ्नो सस्कृतिलाई विर्सेर पश्च्मिी सस्कृतिमा लागेर थारु जातिको मघौटा नाच लोप भइरको अवस्थामा त्यसलाई संरक्षण गर्नको लागि आफुहरुले पुरानो मघौटा नाच सिकिरहेको चौधरीले भने। अहिलेका युवाहरु प्राय थारु नाच नाच्न विर्सिसकेकोले अभिभावकहरुसंग सिक्न परिरहेको चौधरीले भने। उनले भने यो वेला हाम्रो नाचलाई संरक्षण गर्न सकेनौ भने पछि थारु जातिको नाच पाउन गाह्रो हुने चौधरीको भनाइथियो।
यता आफुरुको सवैभन्दा ठुलो महान पर्व माघीमा सरकारवाट कम्तीमा पनि ५ दिन सार्वजनिक विदा हुनुपर्छ भन्ने माग गर्दै विभिन्न थारु संघसस्थाहरुले माग गर्दै आएकाछन। थारु जातिले माघीमा पर्वको मात्र नभएर आफ्नो नयाँ वर्ष र वर्षभरिको लेखा जोखा, गरिनुको साथै आगामी वर्षको कार्ययोजना वनाउदै आएकाछन। यो महान पर्व दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र कपिलवस्तुका थारु समुदायले धुमधामका साथ उल्लासमय वातावरणमा मनाउदै आएकाछन्।

Leave a Reply

Your email address will not be published.