थारु समुदायको ‘छोक्रा’ नाच लोप हुँदै

तस्बिर : सन्तोष दहित

सन्तोष दहित, दाङ- केही वर्षअगाडि थारु गाँउमा विहे हुने वेला होस या दुलही ‘पठलहरी’ लाई पठाउन आएको वेला होस या कुनै नया कामको ठालनी किन नहोस त्यसैको अवसर पारेर नाचिने छोक्रा नाच थारु समुदायमा हिजाआज लोप हुदै गएको छ।  पहिले पहिले थारु गाँउमा कसैको घर दुलही ‘पठलहरी’ पठाउन आउने खवर गाँउमा हल्ला मात्र हुनसाथ साझ पख पठलरी आउने घरमा गाँउका सवै युवा युवतिहरु पठलरी नआउदै छोक्रा नाच सुरु गरिन्थ्यो भन्नुहुन्छ थारु युवा परिषद दाङका अध्यक्ष विरेन्द्र चौधरी। उहाँभन्नुहुन्छ पठलरीहरुलाई स्वात गर्ने र आ–आफ्नो गाँउको छोक्रा नाच देखाउने त्यतिवेला प्रतिस्पर्धा हुन्थ्यो। छोक्रा नाचमा दुइवटा समुह हुन्छ। एकातिर महिला र अर्काे तिर पुरुष। यो छोक्रा नाचमा खास गरि महिला र पुरुषको विचमा प्रतिस्पधा हुन्छ चौधरी वताउनुहुन्छ। ठ्याक्कै पहारीहरुको दोहरी  नाच जस्तै थारु समुदायमा नाचिने छोक्रा नाच पनि उहि हो भन्नुहुन्छ चौधरी। यो छोक्रा नाचमा माया प्रीतिको गित पनि हुन्छन्, विकास प्रीति पनि। खासगरि छोक्रा नाचमा माया प्रीतिका शव्दहरुको गीत गाउने चलन छ चौधरी भन्नुहुन्छ। तर हिजोआजभने यो छोक्रा नाच नाच्ने र गाँउने सुस्त सुस्त लोप हुदै गएको चौधरी दुखेसो पोख्नुहुन्छ। आजका युवा हरु आधुनिक नाचतिर चासो दिएपछि यो छोक्रा नाच लोप हुनलागेको चौधरी वताउनुहन्छ।

त्यसैगरि पछिल्लो चरणमा साउन सिस्टम, डेकवाट ढुचुकढुचुक गीतमा हिजो आजका युवाहरुले रुचि लिन थालेपछि थारु समुदायमा नाचिने छोक्रा नाच लोप हुन लागेको वताउनुहन्छ नारायाणपुर भारवौराका मानविर चौधरी। यति मिठासपन र रसिलो शव्दमा प्रतिस्पधात्म युवा युवति विचमा गाँउने गित संगै नाचिने सख्या नाच लोप भइरहदा कता कता थारु जातिको सस्कृति त हराउने होइन भन्ने चिन्ता लागेको चौधरी वताउनुहुन्छ। उहाँ भन्नुहुन्छ अहिले जताततै विहेको लगन छ त्यहि विहेमा खास गरि छोक्रा नाच रातभरि नाचिन्छ तर हिजोआजको युवाहरु मौलिक सस्कृति भन्दा पश्चिमी गितमा आर्कर्षित हुदै डेकमा नाच्ने गर्नाले अव थारु गाउमा छोक्रा नाच कमैमात्रामा देखिन्छ चौधरी भन्नुहुन्छ। सयमको परिवर्तनशिल अनुसार केहि कुरामा परिवर्तन गर्नु राम्रो त तर आफ्नो परम्पारागत देखि नाच्दै गाउदै आएको छोक्रा नाचलाई चटक्कै नाच्न छादिदिने हो भने थारु जातिको पहिचान पनि हराउने भएकोले पनि यो छोक्रा नाच लाई वचाई राख्नुपर्ने हो चौधरी भन्नुहुन्छ। अहिले सवैले जातिय पहिचानको कुरा गरिरहेकाछन त्यसको आधारमा कुरा गर्ने हो भने पनि थारु जातिको जातिय पहिचान झलकाउनेको लागि पनि छोक्रा नाचको ठुलो भूमिका रहने वताउनुहुन्छ चौधरी। यो नाच नाच्ने वेला सवै थारु भाषा गीत गाउने चलन छ यस्तै आफ्नै भेषमा नाचिने भएकोले पनि आफ्नो पहिचानको लागि पनि यो नाचलाई संरक्षण गर्नुपर्ने जरुरी रहेको चौधरी वताउनुहुन्छ। उहाभन्नुहन्छ थारु समुदायमा धेरैकिसिकमो नाचहरु छन तर सवैभन्दा लोक प्रिया नाच भनेको छोक्रा नाच हो त्यसैले पनि यो नाचलाई निरन्तरता दिन सके भावि नया पुस्तालाई पनि राम्रो हुने थियो उहाँको भनाई छ।

Leave a Reply

Your email address will not be published.