प्रधानमन्त्रीले आर्थिक अपराध गरे : महत

गुल्मी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले आर्थिक अपराधको अभियोग लगाएर प्रधानमन्त्रीलाई हटाउने बाटो खुलेकाले त्यसलाई सदुपयोग गर्न राष्ट्रपतिलाई सुझाव दिएका छन्। सरकारले माथिल्लो त्रिशुलीको क्षमता बढाउने नाममा अर्बौंको आर्थिक अपराध गरेकाले यही अभियोगमा प्रधानमन्त्रीलाई हटाउन राष्ट्रपतिलाई सुझाव दिए। 
गुल्मीको तम्घासमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतले सहमतिको नाममा देशलाई लामो समय तमासा देखाएर अन्योलमा राख्न मिल्दैन भने। “एउटा दलले मैले मान्दिनँ भन्दैमा देशलाई बन्धक बनाउन हुँदैन, त्यसैले अब राष्ट्रपतिले आँट गर्नुपर्छ,” नेता महतले भने। महतले एमाओवादी र केही मधेसवादी दलको सत्ताकब्जा गरिरहने नियत नै सहमतिको बाधक भएको बताए।
राष्ट्रपतिले समयमै विकल्प ननिकालेर अब पनि म्याद थपको अनन्त शृङ्खला जारी राखेमा आफूहरु सडकमा जाने उनले चेतावनी दिए। रासस

Leave a Reply

Your email address will not be published.