सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

परासी–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा शनिबार राति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा९च ४०३९ नम्बरको कारमा बा३३प १४४० र लु११प २८१९ नम्बरको मोटरसाइल एकआपसमा ठोक्किएर सो दुर्घटना भएको थियो। 
दुर्घटनामा परी बा३३प १४४० नम्बरको मोटरसाइकलका चालक अग्यौलीकै २० वर्षीय प्रेम गुरुङको मध्यविन्दु सामुदायिक अस्पताल कावासोतीमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी दुर्घटनामा तीनजना घाइते भएका छन्। अन्य घाइतेमा शिवमन्दिरका २२ वर्षीय कृष्ण गुरुङ, अग्यौली–५ निवासी ४४ वर्षीय थपप्रसाद गुरुङ र सोही स्थानका १८ वर्षीय सुमन परियार रहेका छन्।
उनीहरुको पनि मध्यविन्दु अस्पताल कावासोतीमा उपचार भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.