हिलारी क्लिन्टन अस्पताल भर्ना

एजेन्सी- अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनलाई आइतबार राति अस्पताल भर्ना गरिएको छ। रगतका कारण समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो। ‘फलो अप परीक्षण गर्दा रगतमा समस्या देखिएपछि क्लिन्टनका चिकित्सकले भर्ना हुन भनेका हुन्,’ उनका प्रवक्ता फिलिप रेनसले विज्ञप्तीबाट जानकारी गराए। उनलाई न्युयोर्कस्थित प्रिसवाइटेरियन अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरुले उनको शाररीक अवस्थाको परीक्षण पूरा गरेपछि थप उपचारबारे खुट्याउने छन्।

हालैमात्रै उनमा धेरैखाले स्वास्थ्य समस्याहरु देखापरेको थियो। गत डिसेम्बर १५ मा उनी बेहोस् भएकी थिइन्। बेहोस भएर लड्दा उनको टाउकोमा चोट लागेको थियो। त्यसपछि पनि पटक पटक बेहोस् हुनेक्रम रोकिएन। स्वास्थ्यमा देखिएको समस्याकै कारण उनको उत्तर अफ्रिका र मध्यपूर्वका लागि तय भएको भ्रमण कार्यक्रम रद्ध गरिएको छ।

६५ वर्षीय विदेशमन्त्री क्लिन्टनले वाराक ओवामाको पहिलो राष्ट्रपतीय कार्यकाल पूरा भएपछि पदमा नरहने जानकारी गराएकी छिन्। उनलाई डेमोक्रेटिक सिनेटर जोन केरीले प्रतिस्थापन गर्ने तय भइसकेको छ।

Leave a Reply

Your email address will not be published.