मिस पूर्वाञ्चल पुस तेस्रो साताबाट

पूर्वको चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल २०१३’ पुस तेस्रो साताबाट शुरु हुने भएको छ। माघ तेस्रो साता फाइनल हुने प्रतियोगिताको आवेदन फारम खुला गरिएको छ। सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि पूर्वाञ्चलका विभिन्न जिल्लाका युवतीले भाग लिन पाउनेछन्। प्रतियोगिताको अडिसन आगामी पुस २० देखि २७ गतेसम्म इटहरी, विराटनगर, बिर्तामोड र धरानमा हुनेछ। कार्यक्रमको इभेन्टलाई गत वर्षभन्दा आकर्षक बनाइने र त्यसको लागि तयारी भइरहेको क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमालले बताए।
युवतीहरूको पर्फर्मेन्स, व्यक्तित्व र भोटिङका आधारमा मिस पूर्वाञ्चल २०१३ को टाइटलस“गै फर्स्ट रनर अप, सेकेन्ड रनर अप र मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस बेस्ट आदि टाइटलमा अवार्ड वितरण गरिनेछ। विजयी प्रतियोगीहरूलाई आकर्षक पुरस्कारस“गै कलेजमा छात्रवृत्तिको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। मिस पूर्वाञ्चलको विजेताले मिस नेपालमा सोझै सहभागी हुन पाउने बताइएको छ। अडिसनका लागि मिस पूर्वाञ्चलको फेसबुक पेजमा लग इन गरी आवेदन फारम भर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published.