२०१२ का हट ग्याजेट्स

सन् २०१२ ले यसै साता हामीबाट बिदा लिँदै छ। यो वर्षले मानिसहरूलाई सामान्य टच स्त्रि्कन मोबाइलमा चित्त बुझाउने समयलाई तोड्यो। ग्याजेट्सका लागि सन् २०१२ महत्वपूर्ण वर्ष रह्यो। नयाँ सिर्जनशीलताका आधारमा र विस्तारित बजारका आधारमा। सामान्यीकरण गर्ने हो भने यो वर्ष टचस्त्रि्कनमा क्रान्ति र ट्याब्लेट पिसीले प्रविधि बजार पिट्यो। यो वर्ष बजारमा आएका १० प्रमुख ग्याजेट्स :
सामसुङ ग्यालेक्सी क्यामरा
‘तयार हुनुहोस्, किनकि फोटोग्राफी कहिल्यै पुनरावृत्त हुँदैन’ सामसुङको यो दाबीलाई स्थापित गर्‍यो। तस्बिर लिनु क्यामराको आधारभूत काम हो तर यसमा थप विशेषता थिए। आवाज नियन्त्रण गरी कैद गर्नसक्ने र क्यामरामा नै फोटो सम्पादन गर्न सकिने सुविधा यो क्यामरामा छ। थ्री जी र वाइफाईले क्यामरालाई पनि महत्वपूर्ण ग्याजेटका रूपमा स्थापित गर्‍यो। यो क्यामरको अर्को विशेषता क्लाउड ब्याकअप पनि हो।

असुस प्याडफोन २
असुस कम्पनीले ल्याएको फोनप्याडले यो वर्ष महत्वपूर्ण ग्याजेटको सूचीमा आफूलाई स्थापित गर्‍यो। तत्काल डाटा पठाउन र लिन सक्ने विशेष सुविधाको यो ग्याजेट १६ घण्टा टकटाइम भएको स्मार्टफोन हो। अल्ट्रा थिनमा यसलाई नयाँ इनोभेसनका रूपमा लिइएको छ। लामो समयसम्म गफ गर्दा पनि राम्रो ब्याकअप हुने यसको प्रमुख विशेषता हो।

आइफोन ५
आफ्नो स्टाइलका कारण आइफोन विश्वमै लोकप्रिय स्मार्टफोन बनेको छ। यही आइफोनको नयाँ पुस्ता आइफोन ५ यसै वर्ष बजारमा आयो। ४ इन्च ठूलो स्त्रि्कनका कारणमात्र होइन, बिक्रीका हिसाबमा पनि यसले तहल्का नै मच्चायो। यो ग्याजेट बिक्री शुरु भएको सप्ताहान्तमा मात्रै ५० लाख वटा बिक्री भयो।

किन्डल फायर
एमाजनको किन्डल फायरले प्रयोगकतार्काको अपेक्षालाई निरुत्साहित गरेन। यो दोहोरो ब्यान्ड, वाइफाईका लागि दोहोरो एन्टेना समावेश पहिलो ट्याब्लेट हो। यी दुवै सुविधाले ७ इन्चको किन्डल फायरमा अरूमा भन्दा ४० प्रतिशत तीव्र गतिमा डाउनलोड र स्ट्रिमिङ हुनसक्छ। विद्यार्थीहरूबीच यसको लोकप्रियता धेरै रह्यो। फेसबुक, टि्वटर, जिमेल, हटमेल र याहूले यसको रूप थप राम्रो बनायो।

नोकिया लुमिया ९२०
नयाँ प्योर भ्यू क्यामरा समावेश भएको नोकिया लुमिया ९२० ले मोबाइल बजारमा नोकियाको अस्तित्वलाई केही माथि उकाल्यो। धेरै बिक्री हुने फिनल्यान्डको कम्पनी टचस्त्रि्कनको होडमा तुलनात्मक रूपमा पछाडि पर्‍यो। तर, यो ग्याजेट वायरलेस चार्जिङ प्रविधिमा आधारित थियो। नोकिया सिटी लेन्स र नोकिया म्युजिकका कारण यो ग्याजेटलाई महत्वका साथ लिइयो।

सामसुङ ग्यालेक्सी एस थ्री
सामसुङका लागि यो वर्ष विवाद र कानुनी झन्झटको वर्ष बन्यो। यसैबीच आएको ग्यालेक्सी एस थ्रीले  बजारमा राम्रो पकड जमायो र वर्षको …हटेस्ट’ ग्याजेट बन्यो। एन्ड्रोइड ४.२ जुली विन अपडेटपछि यो ग्याजेटमा विशेषतामात्र थपिएन, लोकप्रियताको कसीमा पनि यो खरो उत्रियो।

ग्यालेक्सी नोट २
ग्याजेट प्रेमीका लागि सिर्जनशील उत्पादनका रूपमा ग्यालेक्सी नोट २ यसै वर्ष आयो। नोटबुकको बजारमा यसले राम्रै स्थान लियो। ठूलो स्त्रि्कन र एस पेनका कारण यो प्रयोग गर्नमा सहज छ। सिर्जनामा रुचि राख्नेबीच यसको लोकप्रियता बढिरह्यो।

एलजी फोर के टिभी
स्लिमबाट अल्ट्रास्लिम टेलिभिजन यसै वर्ष एलजीले बाहिर ल्यायो। नयाँ पुस्ताको सिनेमा थ्री डी प्रविधिमा आधारित यो टेलिभिजनलाई भाविष्यको टेलिभिजनकारूपमा लिइएको छ। २.२ च्यानल स्पिकर र दुई सव उपर रहेको टेलिभिजन ८४ इन्चको क्लास स्त्रि्कनमा बजारमा उतारिएको थियो। नयाँ र मनोरञ्जनका हिसाबले यो टेलिभिजनलाई श्रव्यदृष्य इनोभेसनकै रूपमा लिइएको छ।

निन्तेन्दो डब्लुआइआइयू
भिडियो गेमका पारखीका लागि गेमिङ र भिडियोका लागि यो नयाँ ग्याजेट थियो २०१२ मा। गेमिङ र भिडियो च्याट एकै पटक गर्न सकिने भएकाले यसलाई महŒवका साथ लिइयो। नियर फिल्ड कम्युनिकेसन (एनएफसी)मा आधारित भएकाले यसले भिडियो गेमका पारखीलाई राम्रो स्वाद चखायो।

तोसिबा पोर्टेज जेड ९३० अल्ट्राबुक
स्लिम हुनु यो वर्षको ट्रेन्ड नै थियो। तोसिवा कम्पनी यसका पछि रहने कुरा थिएन। तोसिवाले अल्ट्रा थिन अल्ट्र लाइट ल्यापटप बजारमा उतार्‍यो। इन्टेल कोरको तेस्रो पुस्ताको प्रोसेसर रहेको यो डिभाइस अल्ट्राबुकपछि सबैभन्दा रुचाइएको ग्याजेटमा समेटियो। यो ल्यापटमा तीव्र गतिमा काम गर्न सकिन्छ भने यसको आवरणले पनि धेरैलाई लोभ्यायो।

Leave a Reply

Your email address will not be published.