बसभित्रै सामूहिक बलात्कार

एजेन्सी- भारतको दिल्लीस्थित वसन्त विहार क्षेत्रमा एउटा गुड्दै गरेको बसभित्र एक युवती बलात्कृत भएकी छिन्। गएराति भएको यो घटनामा पीडित युवती मेडिकल विद्यार्थी रहेको भारतीय मिडियाले जनाएका छन्। बलात्कारपछि उनलाई नाङ्गै बनाएर सडकमा फ्याँकिएको थियो। सफदरजंग अस्पतालमा उनी र उनका साथीको उपचार भइरहेको छ। उनीहरुको अवस्था चिन्ताजनक रहेको छ।
प्रहरीमा दर्ता गरिएको उजुरी अनुसार बसमा रहेका पाँच पुरुषले महिलालाई जिस्काउन थाल्दा आपत्ति जनाउने उनका साथीलाई उनीहरुले आइरन रडले हिर्काएर घाइते बनाएका थिए। त्यसपछि उनीहरुले बसको क्याबिनमा लगेर बलात्कार गरेका थिए। बलात्कार गर्नेहरु बसकै स्टाफ हुन् वा यात्रु हुन् भन्ने स्पष्ट हुन सकेको छैन। प्रहरीले बसैलाई गिरफ्तार नगरे पनि दुई वटा बस नियन्त्रणमा लिएको छ। त्यसैगरी त्यस क्षेत्रका सिसिटिभी फुटेज पनि प्रहरीले हेर्दैछ।

Leave a Reply

Your email address will not be published.