नासाले सच्यायो सगरमाथाको तस्बिर

एजेन्सी- अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र (नासा) ले आफ्नो बेबसाइटमा राखेको तस्वीर सच्याएको छ । सगरमाथा भन्दै राखिएको तस्वीर भारतीय एक हिमाल भएको पाइएपछि सर्वत्र बिरोध भएको थियो। नेपालसहित विश्वभरका सञ्चारमाध्यमले उक्त तस्वीर सगरमाथाको नभएर भारतको काश्मिर क्षेत्रको सासेर मुस्तागको भएको औंल्याएपछि बिहीबार नासाले उक्त तस्वीर सच्याएको हो।

रुसका अन्तरिक्ष यात्री यूरी मालेन्चेन्कोले अन्तरिक्षबाटछ खिचेको भनिएको तस्वीरमा सगरमाथा हिउ र कुहिरोले घेरिएको थियो । नासाले गलत तस्वीर झुक्किएर राखिएको भन्दै माफी मागेको छ ।

Leave a Reply

Your email address will not be published.