झुन्डिएर आत्महत्या

सप्तरी- सप्तरीको जण्डौल गाविसमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन्। जिल्लाको खोक्सर प्रवाहा गाविस–६ निवासी सुरेश चौधरीकी २२ वर्षीया श्रीमती मनिषा चौधरीले भुन्डिएर आत्महत्या गरेकी हुन्। जण्डौल गाविस–८ घोघिदाहास्थित माइतीमा बस्दै आएकी मनिषाले माइतीमै आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनका श्रीमान् सुरेश विगत एक वर्षदेखि वैदेशिक रोजगारका सिलसिलामा विदेशमा छन्। 
उनको आत्महत्याको कारण खुल्न नसके पनि घरायसी विवादका कारण आत्महत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ। उनको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ। रासस

Leave a Reply

Your email address will not be published.