स्वर्गीय राजदूतको शव ल्याइयो

काठमाडौं- इजिप्टका लागि नेपाली राजदूत स्व श्यामलाल तवदारको शव आज इजिप्टको राजधानी कायरोबाट काठमाडौँ ल्याइयो। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्व तवदारको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइ श्रद्धान्जलि अर्पण गरे।

यही मङ्सिर २१ गते हृदयघातका कारण कायरोमा राजदूत तवदारको निधन भएको थियो। अन्तिम संस्कारका लागि आजै उहाँको शव गृहजिल्ला मोरङ लगिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले बताए। रासस

Leave a Reply

Your email address will not be published.