प्रहरीमाथि गोली चलाउने मारिए

नेपालगन्ज- प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कुख्यात अपराधी सुखी लोनिया प्रहरीसँगको दोहोरो मुठभेडमा मारिएका छन्। बाँके जिल्ला हिरिमिनिया गाविस निवासी लोनिया लुकेको स्थान गनापुरमा हिजो साँझ पुगेको प्रहरीमाथि बन्दुकले फायर गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
करिब आधादर्जन आपराधिक घटनामा संलग्न रहेका मृतक लोनियाको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल, दुई थान गोली र मोबाइल सेट बरामद गरेको जनाइएको छ।

पछिल्लोपटक गत असोज २७ गते लोनियाले प्रहरी जवान हरिबहादुर बोहरामाथि गोली प्रहार गरी भागेका थिए। सो घटनापछि निजको खोजी कार्यलाई प्रहरीले तीव्र पारेको थियो। रासस

Leave a Reply

Your email address will not be published.