थारु राजा दंगिशरणको उत्खनन कोट्याउँदै

सन्तोष दहित, सुकौराकोट- करिब एक हजार वर्ष अगाडी दाङको उरहरी गाविस वडा नं. ९ सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गर्दै आएको कयौं थारु वुद्धिजीविहरुले वताउदै आएकाछन्। अहिले पनि थारु राजा दंगिशरणले राज्य गर्दै आएको दरबारको केहि भागहरु देखिन्छन। दरवारको दक्षिण तिर ठुलठुला तलाउ छन भने पुर्व तिर मन्दीर र थारु जातिले पुजा आजा गर्दै आएको देवठन्वा छ। तर त्यो ठाँउमा राज्य थारु जातिकाले गरेका हुन या अरु जातिले भन्ने कुरा भने विवादमा रहदैको आएको छ। तथापी थारु जातिको अगुवा तथा वुद्धिजीविहरुले भने त्यो ठाँउमा थारु जातिका राजा दंगिशरणले राज्य गरेको दावि गर्दै आएकाछन। त्यसैको आधारमा उक्त ठाँउमा थारु जातिका समुदायले एैतिहासिक वोकेको सुकौराकोटमा रहेको दंगिशरण थारु राजा प्रचार प्रसारको लागि भव्यताका साथ २०६३ सालमा दंगिशरण थारु राजा महोत्सव पनि मनाइसकेको छ। त्यस यता थारु राजा दंगिशरणको वारेमा धैरै कोट्याउने प्रयास गरिएता पनि अहिले टुगोंमा लागेको छैन। यस विषयमा अनुसन्धानको लागि पुरातत्व विभागले २ पटक उत्खनन् गरिसकेको छ । तर अझै सम्म पुरात्व विभागले भने त्यो क्षेत्रमा कुन जातिले राज्य गरेका हुन भन्ने कुरा वाहिर ल्याएको छैन। जुन कुराले थारु जातिलाई भने संशकित वनाई दिएको छ।
२/२ पटक सम्म उत्खनन गरेर कुनै कुरा वाहिर नल्याउने यसमा केहि रहस्य लुकेको थारु महटवा तथा बरघर भल्मन्सा महासंघको केन्द्रिय अध्यक्ष एवम थारु वुद्धिजीवि युवा नेता समेत रहेका डिल्लीवहादुर चौधरी वताउनुहुन्छ। चौधरीका अनुसार पुरात्व विभागले थारु जातिले राज्य गरेको कुरा वाहिर ल्यायो भने अरुजाति कमजोर हुन्छन भन्ने डरले पनि पुरात्व विभागले प्रमाणीत भइसकेको कुरालाई लुकाउदै आएको चौधरी वताउनुहुन्छ। उहाले भन्नुभयो गत वर्ष माघ महिनामा पुरात्व विभागले दरवारको उत्खन्न गर्ने वेला थारु जातिका पुर्खाहरुले प्रयोग गर्दै आएको विभिन्न प्रकारका माटाका भाडा कुदा, सिकार खेल्ने धनुष, घर वनाउने चार प्रकारका इटा समेत पत्ता लागि सकेकोले यसले पनि प्रमाणीत गर्छ चौधरी भन्नुभयो। यतिमात्र नभएर थारु जातिले पुजाअजा गर्दै आएको माटाका विभिन्न प्रकारका देवता, थारु महिलाहरुले घाटीमा लगाउदै आएको मोटीका दानाहरु पनि पुरात्व विभागले उत्खनन गर्ने बेला भेटिएको चौधरी भन्नुभयो। यी समाग्री प्रयोग गर्ने थारु जाति वाहेक अरु कुनै जाति हुन सक्दैन त्यसैले पनि प्रमाणीत गर्छ उहाँले भन्नुभयो।

यति मात्र नभएर त्यतिवेला दाङ जिल्लाको भूमिमा थारु जातिका मानिस मात्र वस्दै आएको यदि अरु जाति यस भुमिमा पाइला टेकन वित्तिकै मान्छे विरामी पर्ने, मर्ने भएकोले पनि त्यहा राज्य गर्ने भनेको थारु राजा दंगिशरण नै थिए चौधरीले भन्नुभयो। तर पनि पुरात्व विभागले यति धेरै प्रमाण हुदा हुदै पनि अझै सम्म पुरात्व विभागले प्रमाणीत नगरिदिनु भनेको थारु जातिलाई उपेक्षा गरेको होकी भन्ने शंका लागेको चौधरीको भनाइ रहेकोछ। उत्खनन गर्ने वेला भेटिएका समानको अनुसन्धानको लागि लगिएका सामग्री करिब एक वर्ष पुग्न लाग्दा पनि अझै अनुसन्धान नहुनु भनेको पक्कै पनि केहि कुरा लुकाएको हुन सक्ने उहा शंका गर्नुभयो।

यसरी नै थारु जातिलाई पछाडी परिएको भन्दै यस्को लागि सवै थारु जाति एक जुट भएर आवाज उठाउनुपर्ने वेला भएको छ चौधरी भन्नुभयो थारु जातिको वलियो पहिचान वनाउन भनेको थारु राजा दंगिशरण नै हुन यदि यो विषयमा पनि थारु जाति एक नहुने हो भने फेरी थारु जातिलाई पछाडी परिने छ त्यसको लागि पनि थारु जाति एक जुटभएर सुकाराकोटमा थारु राजा दंगिशरणले राज्य गरेका हुन भन्ने व्यापक प्रचार प्रसार गर्नुपर्ने जरुरी रहेको चौधरी बताउनुभयो। थारु जातिका मानिसहरु पनि राज्य सञ्चालन गर्न र शासनसत्ताको नेतृत्व गर्न सक्षम छन भन्ने प्रमाणीत थारु राजा दंगिशरण गरि सकेकोले यसको पहिचानको लागि पनि थारु जातिहरु ससक्त आवाज उठाउनु पर्ने जरुरी रहेको उहाँको भनाइ छ। चौधरी भन्नुभयो त्यतिवेला भुमिका मालिक थारु जाति तर अहिले विस्तारै आफुहरुलाई रैति बनाएको चौधरी दुखेसो पोख्नुभयो। यति मात्र नभएर आफूहरुको पहिचान समेत अहिले मेटाइदै छ चौधरी भन्नुभयो। यदि राज्यले थारु जातिको पहिचान झल्काउने हो र थारु जातिलाई सम्मान गर्छ भने पहिले थारु राजा दंगिशरणको सत्य उत्खनन हुनुपर्ने चौधरी भन्नुभयो।

त्यतिमात्र नभएर थारु राजा दंगिशरणको दरवारमा उत्खननमा भेटिएका सवै सामग्रीहरुलाई संकलन गरि संग्रहालय स्थापना गरिदिनुपर्ने उहाले माग गर्नुभयो। यो किसिमले थारु राजा दंगिशरणको दरवारलाई व्यवस्थित गर्न सक्ने हो भने दाङ जिल्लाको एैतिहासिक वोकेको सुकाराकोटलाई पर्यटकीय रुपमा विकास गर्न सकिने चौधरी वताउनुभयो। यो क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न सके थारु जातिको लागि मात्र नभएर सिंगो दाङ वासिको लागि विकास हुने भएकोले यस्को सवै उत्खनन गरेर छिटो पर्यटकीय रुपमा विकास गर्नकोलागि सवैले छिटो पहल गर्नुपर्छ चौधरी भन्नुभयो। सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गरेको भन्दै पुन सुकौराम या दाङ थारु जातिले राज्य गुर्नपर्छ त भनेका छैनौ उहाले भन्नुभयो त्यति वेला थारु ले राज्य गरेका हुन भन्ने घोषणा मात्र सरकारले गरोस र यसलाई सवै जातिले सम्मान गर्नुपर्छ र अन्तराष्ट्रिय सम्म प्रचार प्रसारगरि सवैको विकास पुग्ने गरि पर्यटकीय रुपमा विकास गर्न मात्र सरकारलाई भनेको हो चौधरीको भनाइथियो।
त्यसैगरि सुकौराकोटमा थारु जातिको राजा दंगिशरणले राज्य गरेको धेरै प्रमाण भेटिसकेको अवस्थामा विवाद गर्नुभन्दा पनि त्यस विवादलाई सुलझाएर पर्यटकीय रुपमा विकास गर्नुवाहेक अरु केहि विकल्प छैन थारु कल्याण कारिणी सभा दाङका अध्यक्ष एवम सस्कृतविद चन्द प्रसाद चौधरी वताउनुहुन्छ। एतिहासिक सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गरेको धेरै विद्धानहरुले पनि भनि सकेको अवस्थामा र पुरात्व विभागले राजा दंगिशरणको दरवारलाई उत्खनन गर्ने वेला भेटिएको सामग्रीले पनि प्रमाणीत गरिसकेको उहाँ वताउनुभयो। त्यति मात्र नभएर थारु राजा दंगिशरणले हरेक पुजाआजा समेत थारु जातिले गरै झै गर्दै आएको खानपीन समेत मिल्दो जुल्दो रहेको चौधरी वताउनुभयो। अझ यस विषयमा कसैलाई विश्वास नलागे उक्त दरवारलाई उत्खन्न गरि सवै सामग्री अनुसन्धान गरेपनि थारु जातिको वाहेक अरु जातिको मिल्दैनन चौधरी दाविका साथ भन्दै तिन पटक उत्खनन गर्ने वेला समेत त्यहि थारु जातिले प्रयोग गर्दै आएका वस्तु भेटिन्छन उहा भन्नु भयो। थारु राजा दंगिशरणको दरवर एैतिहासिक मात्र नभएर धार्मिक स्थल समेत रहेकोले यस्को व्यापक महत्व भएको दावि गर्दै दरवार उत्खनन गर्नुजरुरी रहेको चौधरी वताउनुभयो। थारु राजा दंगिशरण दरबार भित्र थारु जातिको ठुलो पहिचान भएकोले यसको संरक्षण र जगेर्ना गर्नको लागि राज्यले सहयोग गर्नुपर्ने चौधरी वताउनुभयो।
त्यसैगरि थारु राजा दंगीशरणको अस्तित्वको जोगाइ राख्नको लागि दरवारमा उत्खनन गर्ने वेला भेटिएका सवै सामग्रीहरु र थारु जातिका पुर्खाहरुले प्रयोग गर्दै आएको वस्तुगतको चित्रहरु संकलन गरेर दाङका थारुहरुलेे सुकौराकोटमा दंगीशरण संग्राहलय बनाउने तयारी पनि गरिरहेका छन्। त्यसलाई पुरात्व विभागले १० लाख र जिल्ला विकास समितिले १३ लाख रुपैंयाँ अनुदान गर्ने भएता पनि हाल सम्म १९ लाख मात्र प्राप्त भएको दंगिशरण संग्राहालयका अध्यक्ष जनकु चौधरीले जानकारी दिनुभयो। उहाका अनुसार १९ लाखमा डेढ विघारहेको जग्गामा करिब ३५० मिटर लामो पक्कि पर्खाल र गेट वनाइसकेको चौधरी वताउनुभयो। संग्रहालयको भवनको लागि भवन वनाउने तयारीमा रहेता पनि वजेतको अभावले भवन वनाउन नसकिएको वताउदै चौधरी भन्नुभयो अहिले पर्खाल मात्र वनाएर संग्रहालय वनाउनेका काम अधुरै रहेको चौधरी वताउनुभयो। संग्रहालय भवन निर्माणको लागि र अन्य सामग्री खरिद गर्नको लागि नेपाल सरकारको सस्कृत मन्त्रालय संग एक करोड वजेट विनियोनका लागि माग गरेता पनि सरकारले वेवास्ता गर्दै आएको चौधरी दुखेसो पोख्नुभयो। यदि अरु जातिको भएको भए सायद खुरु खुरु दिहाल्थे उहाले भन्नुभयो। थारु जातिहरुलाई भने राज्यसे सधैजसे उपेक्षा गर्दैआएको वताउनुभयो।

Leave a Reply

Your email address will not be published.