रत्ननगरका दुई पसलबाट पच्चीस लाखको चोरी

रत्ननगर- पूर्वी चितवनको रत्ननगरमा रहेका एक हार्डवेयरबाट करिब रु २५ लाखको सामान चोरी भएको छ। रत्ननगर– ८ मा रहेको शिखर हार्डवेयर पसलमा करिब रु २५ लाख मूल्य बराबरको सामान हिजो चोरी भएको हार्डवेयर पसलका सञ्चालक राधाकृष्ण खनालले जानकारी दिए। पसलको च्यानलगेट र ढोका फुटाएर बाथरुम फिनिसिङका सामान चोरी लगेको सञ्चालक खनालले जानकारी दिए। बाथरुम फिनिसिङअन्तर्गत पर्ने महँगो धाराको सामान, एकथान ल्यापटप र एक थान मोबाइल सेट गरी रु २५ लाख बराबरको धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ।
चोरी गर्नेहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ। यसैबीच उद्योग वाणिज्य सङ्घ रत्ननगरले आज एक विज्ञप्ति जारी गर्दै घटनाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शिखर हार्डवेयर र युनिक सिसा एन्ड प्लाई सप्लायर्समा चोरी भएको भन्दै सङ्घले यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ। रासस

Leave a Reply

Your email address will not be published.