रहेनन् परशुनारायण चौधरी

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् विघटित राज परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको ८६ वर्षको उमेरमा आज बिहान २:१५ बजे पाटन अस्पतालमा निधन भएको छ। उनी दम र मुटुलगायत रोगबाट ग्रसित थिए। पिता लीलाराम र माता कृष्णमायाको कोखबाट दाङमा जन्मेका चौधरी दलीय राजनीति छाडेर विसं २०३७ मा सहयोगीहरुका साथ पञ्चायत प्रवेश गरी शिक्षामन्त्री पनि बनेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर अहिले बिहान ११ बजेदेखि नेपाल प्रज्ञा-प्रतिष्ठानको परिसरमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका अर्का शुभचिन्तक हरि सोंडारीले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.